Powered by Blogger.
अव सिन्धुलीमाढी सिसि क्यामेराको निगरानीमा

सिसि क्यामेरा उद्घाटन गर्दै प्रहरी महानिरिक्षक सिन्धुलीमा ।

राजन गाउँले
सिन्धुली १९, मंसिर । सिन्धुलीको सदरमुकाम माढी बजार आइतबारदेखी सिसि क्यामेराको निगरानीमा राखीएको छ ।
स्थानीय र विभिन्न संघ संस्था तथा प्रहरीको अगुवाइमा जिल्ला सदरमुकामका विभिन्न २५ स्थानमा सिसिक्यामेरा जाडान गरेपछि त्यसको निगरानी गर्न थालीएको हो । उक्त सिसिक्यामेराको आइतबार प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले एक कार्यक्रमका विच औपाचारीक उदघाट्न गरी सुभारम्भ गरेका छन् ।
  सिसिक्यामेर उद्घाटन कार्यक्रममा प्रहरी महानिरिक्षक अर्यालले समाजको अपराध नियन्त्रणका लागि प्रहरीमात्र नभएर स्थानीयको पनि उत्तिकै भुमिका हुने चर्चा गर्दै जिल्लामा सिसि क्यामेरा राख्न प्रहरी र नागरीक विचको सहकार्य हुनु महत्वपूर्ण कुरा भएको बताए । ‘सिसि क्यामेराको माध्यमबाट अपराधि पहिचान गर्न र घट्नानै हुन नदिनका लागि सहयोग गर्नेछ,’ उनले भने ।
 जिल्लामा पछिल्लो समय अपराधीक घट्ना क्रमका साथै सडक दुर्घट्ना समेत बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि जिल्ला सदरमुकाम माढीबजारलाई सीसी क्यामेराको निगरानीमा राखिएको हो ।
अपराधीक गतीविधिमा संलग्न व्यक्ति पहिचान र सडक दुर्घट्ना निम्त्याउने सवारी साधनको पहिचानका लागि जिल्ला सदरमुकाम भित्रका मुख्य सडक र मुख्य स्थलमा सीसी क्यामेरा जडान गरिएको सिन्धुलीका प्रहरी प्रमुख (एसपी) उमाशंकर पंजियारले बताए ।
‘जिल्ला सदरमुकाम क्षेत्रभित्र माढीबजार र नगरपालिका बजार क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन सीसी क्यामेरा जडान कार्य सिन्धुली उद्योग वाणिज्य संघको संयोजकत्वमा पत्रकार महासंघ, गैर सरकारी संस्था र वित्तिय संस्थाको सक्रियतामा सम्पन्न भएको उनले बताए ।
२५ लाख रुपैयाँको लागतमा क्यामेरा जडान गरिएको हो । ‘बढ्दो शहरीकरणसँगै समाजमा अपराधका घटना बृद्धि हुँदै गएको भन्दै सदरमुकामलाई सुरक्षित बनाउँदै शान्ति सुरक्षा कायम राख्नको लागि वीपी राजमार्ग, माढीबजार स्थित धुराबजार, नगरपालिका गेट, शान्तिनगर चोक, बुद्धनगरचोक, ढुङ्ग्रेवास लगायतका स्थानमा क्यामेरा जोडिएकोे हो,’ उनले भने ।
सिसि क्यामेरा उद्घाटन गर्दै प्रहरी महानिरिक्षक सिन्धुलीमा ।
भवितव्य देखी, योजनाबद्ध र लापरबाहीले हुने सडक दुर्घट्नाको पहिचना गर्न समेत क्यामेराले मद्धत पु¥याउने एसपी पंजियारको भनाई छ । उनले शहर व्यवस्थापन र अपराध न्यूनिकरणका लागि जिल्लाको शुरक्षा प्रबन्ध अनुसारनै क्यामेराको निगरानी राखीने जनाए ।
अपराध र अपराधी समाजमै हुने भएकाले सिसी क्यामेराको जडानले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न मद्दत पुग्ने उनको विश्वास छ ।
परम्परागत सुरक्षा प्रणालीको अन्त्य गर्दै सुरक्षामा प्रविधिको प्रयोग गरी प्रमाणमुखी अनुसन्धानलाई अवलम्बन गर्न र अपराध रहित नगरको रुपमा परिचित गराउन सीसी क्यामेरा जडान कार्यले महत्वपूर्ण सहयोग पु¥याउने बताइएको छ ।
बजारमा युवती तथा महिलालाई धक्का लगाएर हिड्ने देखी बैकका उपभोक्तालाई लुट्नेहरुको समेत क्यामेराको माध्यमबाट पहिचान हुने छ । ‘जिल्ला सदरमुका माढीमा पछिल्लो समय बैक तथा विक्तिय संस्थाको समेत संख्यामा वृद्धि आएकोले विशेष सुरक्षा निति अनुसार क्यामेरा जडान गरीएको हो,’ पञ्जियारले उल्लेख गरे । क्यामराको कन्ट्रोल सम्पूर्ण रेखदेख जिल्ला प्रहरी कार्यालयले गर्ने छ ।
यस्तै आइतबार नै प्रहरी महानिरिक्षक अर्यालले नेपाल सरकार, स्थानीय र प्रहरीको सहयोगमा निर्माण गरीएको प्रहरी कार्यालय प्रमुखको क्वाटर र इलाका प्रहरी कार्यालय कपिलाकोटको नवनिर्मीत भवनको समुद्घाटन गरेका छन् । समुदघाटन कार्यक्रममा सहयोगी  ब्यक्ति विभिन्न संघसंस्थाका साथै उत्कृष्ठ प्रहरीलाई नगद तथा प्रसंशा पत्रले सम्मान समेत गरिएको छ ।
नोट ः तस्विर ः राजन गाउँले, सिन्धुली ।


,

0 comments

Write Down Your Responses