Powered by Blogger.
ऐतिहासिक सिन्धुलीगढीमा कार्तिक २४ गते ‘सिन्धुलीगढी विजयोत्सव’


सिन्धुली २१, कात्तिक । ऐतिहासिक तथा पर्यटकीय स्थल सिन्धुलीगढीमा आउँदो कार्तिक २४ गते बुधबार सिन्धुलीगढी विजय उत्सव भब्यरुपमा मनाइने भएको छ ।
सिन्धुलीगढीमा वीर गोर्खाली फौज र स्थानीय मिलेर अंग्रेज फौजलाइ पराजित गरेको दिनको संझनामा कात्तिक २४ गते बुधबार विजयी उत्सव मनाइने भएको हो । साम्राज्यबादी अंग्रेज कप्तान किनलोकको नेतृत्वमा आएको फौजलाइ सिन्धुलीगढी क्षेत्रमा गोर्खा फौजको नेतृत्वमा रहेको नेपाली टोलीले पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढी विजय उत्सव मनाउन लागिएको हो ।
नेपाल पत्रकार महासंघ र जिल्ला विकास समिति सिन्धुलीको संयुक्त आयोजनामा कार्तिक २४ गतेलाई इतिहासको सफलता स्मरणगर्दै विजय उत्सव मनाउन लागिएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष द्धारीका काफ्लेले बताए ।
कार्तिक २४ गते सिन्धुलीगढीको महत्व दर्साउँदै आन्तरीक तथा बाह्य पर्यटक पर्वद्धनमा सहयोग पुरयाउने गरी विजय उत्सवको आयोजना गरिएको अध्यक्ष काफ्लेको भनाई छ ।
विसं १८२४ कात्तिक २४ नेपाली फौजको नेतृत्व श्रीहर्ष पन्त, बंशराज पाण्डे र बंशु गुरुङ गर्दै अंग्रेज फौजलाइ सिन्धुलीगढी क्षेत्रबाट हराएर पठाएको इतिहाँसमा उल्लेख भएको सिन्धुलीगढीका अन्वेषणकर्ताहरुको भनाई छ ।
‘तत्कालिन काठमाडौंका राजा जयप्रकास मल्ललाइ सहयोग गर्न आएको अंग्रेज फौजलाइ गोर्खा फौजले हराएर पठाएकाले विजय उत्सवले नेपालीको वीरतालाइ अझ दरिलो बनाउने भएकाले पनि यस क्षेत्रको विकासका लागी यस्ता कार्यक्रमहरुको आयोजना गरिएको हो,’ अध्यक्ष काफ्लेले भने ।
विजय उत्सवका लागी आवश्यक तयारी तिव्रगतीमा थालिएको आयोजक जील्ला विकास समितिका सागर ढकालले बताए । गढी किल्लाको इतिहासलाई गौरव गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय तहसम्म यसको विरता चिनाउँन पनि यस्तो उत्सवको आयोजना गर्नु आवश्यक रहेको उनले बताए ।
‘विजय उत्सवमा नेपाल सरकारका मन्त्री तथा विशीष्ठ व्यक्ती, जिल्लाका संसद, नेताहरु, उद्योगी व्यापारी, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता गराउने गरी तयारी गर्ने सर्वदलिय निर्णय भएको छ,’ ढकालले भने ।
उत्सवका दिन नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा गढीको विजय किल्लामा सलामी दिने छन् । भने सोही स्थानमा राष्ट्रिय झण्डा झन्डाेत्तलन गरीने कार्यक्रम छ ।
विजय उत्सव सफल पार्नका लागि नेपाली राष्ट्रिय झण्डा सहितको माढी—गढी मोटरसाइकल रयाली, लोपोन्मुख खैंजडी भजन, पञ्चेबाजा, तथा राष्ट्रिय गान तथा अन्य नृत्यहरु आकर्षण रहेको छ । यस्तै काठमाण्डौं सिन्धुलीगढी साइकल रयाली तथा खनियाखर्क सिन्धुलीगढी हाफ म्याराथन हुने भएको छ ।
विजय उत्सवमा होटल व्यावसायी संघ, यातायात व्यावसायी संघ, निजी विद्यालय, सिन्धुली उद्योग वाणिंज्य संघ लगायतका संघ संस्थाहरुले समेत सहयोग गर्ने छन् ।
यसैविच गढीलाई राष्ट्रिय गौरवका सम्पदाहरु झै ऐतिहासिक सम्पदाका रुपमा घोषणा गरेर राज्यले प्राथमिकतामा राखेर संरक्षण गर्नु पर्ने नेपाल पत्रकार महासंघ सिन्धुलीका पूर्व सभापति संजय दाहालको तर्क छ । महोत्सव तयारीका लागि बसेको सर्वदलिय छलफलमा दाहालले स्थानीय तहका नेता तथा विकास प्रेमीहरुले मनदेखिकै सिन्धुलीगढीको विकासका लागि लाग्नु पर्नेमा जोड दिए ।
सिन्धुलीगढीमा रहेको दरबार भग्नावषेश मात्र रहेकाले गुरुयोजना अनुसार त्यसलाइ जस्ताको तस्तै रुपमा लान सके ऐतिहाँसिक तथा पर्यटकिय स्थलकारुपमा विकास गर्न सकिने स्थानीयको भनाइ छ ।


,

0 comments

Write Down Your Responses