Powered by Blogger.
राष्ट्रपति मुखर्जीको भ्रमणः कुटनीतिक सन्तुलनको नयाँ आयाम



-  |   कुसुम भट्टराई
भारतीय राष्ट्रपति प्रणव मुखर्जी भाइटिकाको भोलीपल्ट नेपाल भ्रमणमा आउँदैछन् । करिब अठार वर्षपछि भारतका राष्ट्र प्रमुखबाट हुन लागेको यो भ्रमणको ऐतिहासिक र कुटनीतिक महत्व छ । यो भ्रमणले नेपाल भारत सम्बन्धमा निकट अतितमा उत्पन्न तिक्तता र बैमनस्य हटाउने र हार्दिकता थप्ने विश्वास गरिएको छ । भारतबाट बिगतमा थोपरिएको अघोषित नाकाबन्दीका कारण रुष्ट नेपाली जनमतलाई शान्त पार्ने मात्र हैन, अविश्वास र शंका मेटाई पारस्परिक हितमा जुटने अवसरका रुपमा यो भ्रमणको भरपुर उपयोग गर्न सकिन्छ ।

बिगतमा सात संसदवादी र माओवादीवीच दिल्लीमा बाह« बुँदे समझदारी हुँदा मुखर्जी भारतका विदेशमन्त्री र कांग्रेसका बरिष्ठ नेता थिए । नेपालको शान्ति प्रकृया प्रति उनको विशेष सद्भाव थियो । नेपालमा शान्ति प्रकृया सुरु भएपछि माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि २०६५ मँसिर ९ देखि ११ सम्म विदेशमन्त्रीका रुपमा मुखर्जीले नेपाल भ्रमण गरेका थिए । त्यसबेला प्रचण्डसँग उनले विवादास्पद १९५० को सन्धी, कोशी तटबन्ध पुननिर्माण, सीमा, सुरक्षा, व्यापार र लगानीलगायतका आपसी सम्बन्धका विषयमा कुराकानी गरेका थिए । यसबाट के स्पष्ट हुन्छ भने द्विपक्षीय विषयका बारेमा मुखर्जी गहिरो दख्खल राख्छन् । संयोगले राष्ट्रपतिका रुपमा उनी नेपाल भ्रमणमा आउँदा प्रचण्ड नै प्रधानमन्त्री छन् ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए यता नेपाल–भारत सम्बन्धमा सकारात्मक सुधार देखिदंैछ । कुटनीतिक सम्बन्धमा सन्तुलन आएको छ । भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणलाई हाम्रो कुटनीतिक सन्तुलनको ताजा विम्बको रुपमा हेर्न सकिन्छ । कुटनीतिमा सुधारका लक्षण देखिदै गरेको यसबाट बुझ्न सकिन्छ । भारतसँग भाईचाराको पुरानो सिलसिला फेरि सुरु भएको छ, यो सुखद पक्ष हो ।

राष्ट्रपति मुखर्जी भारतीय राजनीतिका परिपक्व व्यक्तित्व भएकाले नेपाल र नेपालीको मर्मलाई उनी बुझ्न सक्छन् । नेपाली भाषीहरुप्रति उनको विशेष स्नेह रहेको देखिन्छ । गएको असार महिनामा नेपाली भाषीहरुको बाहुल्य रहेको भारतको पहाडी शहर दार्जीलिङमा आयोजित २ सय २ औं भानु जयन्ती समारोहमा राष्ट्रपति मुखर्जी सहभागी भएका थिए । केन्द्रीय कृषिमन्त्री एसएस अहलुवालिया र पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीका साथ उनले भानु जयन्ती मनाएका थिए । राष्ट्रपति नै सहभागी भएर भानु जयन्ती मनाइएको त्यो पहिलो घटना थियो, जसबाट नेपाली भाषीप्रति मुखर्जीको सद्भाव आंकलन गर्न सकिन्छ ।

बिगतमा सात संसदवादी र माओवादीवीच दिल्लीमा बाह« बुँदे समझदारी हुँदा मुखर्जी भारतका विदेशमन्त्री र कांग्रेसका बरिष्ठ नेता थिए । नेपालको शान्ति प्रकृया प्रति उनको विशेष सद्भाव थियो । नेपालमा शान्ति प्रकृया सुरु भएपछि माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भएपछि २०६५ मँसिर ९ देखि ११ सम्म विदेशमन्त्रीका रुपमा मुखर्जीले नेपाल भ्रमण गरेका थिए । त्यसबेला प्रचण्डसँग उनले विवादास्पद १९५० को सन्धी, कोशी तटबन्ध पुननिर्माण, सीमा, सुरक्षा, व्यापार र लगानीलगायतका आपसी सम्बन्धका विषयमा कुराकानी गरेका थिए । यसबाट के स्पष्ट हुन्छ भने द्विपक्षीय विषयका बारेमा मुखर्जी गहिरो दख्खल राख्छन् । संयोगले राष्ट्रपतिका रुपमा उनी नेपाल भ्रमणमा आउँदा प्रचण्ड नै प्रधानमन्त्री छन् ।

२०७२ सालमा नेपालमा नयाँ सँविधान जारी भएपछि भारतको संस्थापन पक्षबाट असन्तुष्टीका स्वर आइरहेका बेला राष्ट्रपति मुखर्जी नै थिए, जसले नेपालको संविधानप्रति खुलेर समर्थन जनाएका थिए । सत्तारुढ दल र अन्य भारतीय पक्षको बोलीभन्दा ठिक विपरीत उनले नेपालको संविधानको विरोध गर्नुको कुनै तुक नरहेको बताएका थिए । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला राष्ट्रपति मुखर्जीले ओलीसँगको भेटवार्ताका क्रममा भनेका थिए, ‘नेपालको संविधान त्यहाँको आन्तरिक दस्ताबेज भएकाले यसमा भारतले असन्तुष्टी जनाउनुपर्ने या समर्थन नगर्नुपर्ने कुनै कारण छैन । नेपालप्रति भारतीय जनता र नेतृत्वको सद्भाव कायमै छ ।’

उनको संसदीय अनुभव पाँच दशक लामो छ । पहिलो पटक १९६९ मा काँग्रेस पार्टीको राज्यसभा सदस्यका रुपमा उनले संसदमा प्रवेश गरेका थिए । सन् १९८४ मा उनी भारतको अर्थमन्त्री बने । सोही साल प्रकाशित युरोमनी नामक पत्रिकाले गरेको एक सर्वेक्षणमा मुखर्जीलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषित गरिएको थियो । उनी अर्थमन्त्री हुँदा डा.मनमोहन सिंह भारतीय रिजर्भ बैंकको गर्भनर थिए, जो कालान्तरमा भारतको प्रधानमन्त्री बने ।

परिपक्व नेता
पश्चिम बंगालमा ११ दिसेम्बर १९३५ मा जन्मीएका मुखर्जी भारती राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता भइसकेका छन् । आफ्ना पिता स्वतन्त्रता सेनानी कामदा किँकर मुखर्जीकै पथ पछयाउँदै उनी काँग्रेसको राजनीतिमा लागेका थिए । कलकत्ता विश्वविद्यालयबाट इतिहास र राजनीतिक विज्ञानमा स्नातकोत्तरका साथै कानूनको डिग्री हासील गरेका मुखर्जी कुनैबेला वकिल र कलेजको प्राध्यापकको भूमिका निर्वाह गर्थे । पछि उनी पत्रकार पनि भए र बँगला प्रकाशन ‘मातृभूमिको पुकार’ नामक पत्रिकामा काम पनि गरे । साहित्यको पनि सेवा गरे ।

उनको संसदीय अनुभव पाँच दशक लामो छ । पहिलो पटक १९६९ मा काँग्रेस पार्टीको राज्यसभा सदस्यका रुपमा उनले संसदमा प्रवेश गरेका थिए । सन् १९८४ मा उनी भारतको अर्थमन्त्री बने । सोही साल प्रकाशित युरोमनी नामक पत्रिकाले गरेको एक सर्वेक्षणमा मुखर्जीलाई ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’ घोषित गरिएको थियो । उनी अर्थमन्त्री हुँदा डा.मनमोहन सिंह भारतीय रिजर्भ बैंकको गर्भनर थिए, जो कालान्तरमा भारतको प्रधानमन्त्री बने ।

इन्दिरा गान्धीको हत्यापछि राजीव गान्धी समर्थकहरुले मुखर्जीलाई केही समय काँग्रेसबाटै निकालीदिएका थिए । त्यसबेला उनले ‘राष्ट्रिय समाजवादी कांग्रेस’ नामक आफनै बेग्लै दल खोलेका थिए । सन् १९८९ मा राजीव गान्धीसँग सम्झौता भएपछि मुखर्जीले आफ्नो दललाई काँग्रेसमा बिलय गराइदिए । पिवी नरसिंह रावको पालामा उनलाई योजना आयोगको उपाध्यक्ष बनाइयो । पछि उनलाई क्याबिनेट मन्त्री बनाइयो । रावको मन्त्रीमण्डलमा उनले सन् १९९५ मा पहिलो पटक विदेशमन्त्रीको रुपमा काम गरेका थिए । सन् १९९७ मा उनी उत्कृष्ट सांसद घोषित भएका थिए ।

सन् २००४ मा काँग्रेसको गठबन्धन सरकार हुँदा प्रधानमन्त्री मनमोहन सिंह केवल राज्यसभा सांसद मात्र थिए । अतः लोकसभा सदस्य मुखर्जीलाई नै संसदीय दलको नेता बनाइएको थियो । सोही कालखण्डमा उनलाई रक्षा, बित्त, विदेश, राजस्व, नौवहन, परिवहन, संचार, आर्थिक मामला, वाणिज्य र उद्योग मन्त्री बन्ने अवसर प्राप्त भयो । सन् २००८ मा भारतको नागरिक सम्मान पद्यमभुषणबाट उनी सम्मानीत भएका थिए ।

र, हार्दिकताको मौसम
नेपाल बुझेका, नेपाललाई माया गर्ने अनि राजनीतिक र आर्थिक ज्ञानले धनी राष्ट्रपति मुखर्जी नेपाल भ्रमणमा आउँदा राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट उनको भव्य स्वागत हुँदैछ । भण्डारी र प्रचण्ड दुबै बाम आन्दोलनबाट उदाएका नेताहरु हुन् । हुन त लामो समयसम्म नेपालका कम्युनिष्ट र भारतका प्रमुख दलहरुबीच सम्बन्ध त्यति सुमधुर रहन सकेन । तर अहिले आएर परिस्थिति बदलीएको छ । भारतसँग भिडेर हैन, मिलेर नै नेपालको हित हुनसक्छ भन्नेमा नेपालका कम्युनिष्टहरु पनि सहमत भइसकेका छन् ।

मुखर्जी आफै पनि परिपक्व नेता भएकाले पक्कै पनि यो भ्रमणमा भारतका तर्फबाट नेपालका लागि केही ‘सरप्राइज प्याकेज’ त आउने नै छ । साथमा दुई देशको युगौंदेखिको मैत्रीपूर्ण सम्बन्धमा ‘चार चाँद’ लाग्ने छ । अतः मुखर्जीको भ्रमणबाट सद्भावनाबाहेक हामीले अर्थोकको आशा पनि गर्नु हुँदैन । किनकी, अहिले सबैभन्दा जरुरी चिज भनेकै सद्भावना, विश्वास र पारस्परिक सहयोगको बातावरण हो । मुखर्जीको भ्रमणबाट त्यो आशा पुरा हुने र दुई देशको सम्बन्धमा मिठास घोलिने चाँही पक्का छ ।

उता, नेपाललाई हेपेर र पेलेर मात्र हैन, स्नेहको सिंचन गरेर मात्र विश्वास जित्न सकिन्छ भन्नेमा भारतीय पक्षको पनि सोच विकास भएको देखिन्छ । नाकाबन्दीको कटुतापूर्ण अवस्थामा गुणात्मक सुधार आएर अहिले नेपाल र भारतवीच मित्रताको नयाँ परिवेश बन्दैछ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनपछि सन्तुलनमा आउन थालेको कुटनीतिक सम्बन्धमा मुखर्जीको भ्रमणले हार्दिकता झन थपेको छ । सौहार्दता बढाएको छ । भारत र चीनवीचको सन्तुलन सम्बन्ध नै नेपालको हितमा हुने कुरामा करीब करीब राष्ट्रिय सहमति कायम भइसकेको छ ।

भारतीय राष्ट्रपतिको भ्रमणमा कुनै दुरगामी सम्झौता पक्कै हुने छैनन् । हुने कुरा पनि आएन । यो मित्रताको जग अझ बलियो बनाउन भइरहेको भ्रमण हो, सद्भावना भ्रमण हो । अतः यो भ्रमणका क्रममा दुबै पक्षले एक–अर्कालाई अझ निकट ल्याउने कोशीस गर्ने हो । बिगतमा लागेको घाउमा मल्हम दल्ने कोशीस गर्ने मात्र हो । विश्वासको बातावरण बनाउन हर सम्भव कोशीस गर्ने हो ।

मुखर्जी आफै पनि परिपक्व नेता भएकाले पक्कै पनि यो भ्रमणमा भारतका तर्फबाट नेपालका लागि केही ‘सरप्राइज प्याकेज’ त आउने नै छ । साथमा दुई देशको युगौंदेखिको मैत्रीपूर्ण सम्बन्धमा ‘चार चाँद’ लाग्ने छ । अतः मुखर्जीको भ्रमणबाट सद्भावनाबाहेक हामीले अर्थोकको आशा पनि गर्नु हुँदैन । किनकी, अहिले सबैभन्दा जरुरी चिज भनेकै सद्भावना, विश्वास र पारस्परिक सहयोगको बातावरण हो । मुखर्जीको भ्रमणबाट त्यो आशा पुरा हुने र दुई देशको सम्बन्धमा मिठास घोलिने चाँही पक्का छ ।


,

0 comments

Write Down Your Responses