Powered by Blogger.
आगलागी पिडितलाई सहयोग

राजन गाउँले
सिन्धुली २१, कात्तिक । जलकन्या गाविस वडा नम्बर ७ स्थित आगलागी पिडितलाई जस्ता पाता तथा खाद्यान्न र भाँडाकुडा लगायतका सामाग्री सहयोग गरिएको छ ।
आगलागी पछि खुल्ला आकामुनी बस्दै आएका पिडितहरुलाई जिल्लाका समाज सेवी तथा सिन्धुली पुनर्निर्माण र पुनस्थापना अभियानले सहयोग गरेको हो ।
आगालगीले घर ध्वस्त भएपछि अस्थायी टहरा निर्माणका लागि प्रति परिवार ६० थान जस्ता, चामल लगायतका खाद्यान्न सामाग्री, कसौडी, कराइ, थाल, गिलास, जग, ड्रम, त्रिपाल, तथा लत्ता कपडाहरु सहयोग गरिएको अभियानका अभियान्ता तथा समाज सेवी उज्ज्वलविक्रम थापाले बताए ।
“आगालागी भएको ७२ घण्टा हुदाँसम्म कुनपनि निकायबाट पिडितहरुलाई सहयोग नभएपछि हामीले आफ्नै पहलमा पिडितहरुका लागि तत्काल ओत लाग्न र पकाएर खाने स्थितीका लागि सानो सहयोग गरेका हौं,’ थापाले भने । थापाले ब्यक्तिगत र कमलामाई भेट सप्लायर्सका सञ्चालक ओम श्रेष्ठले सहयोग गरेका छन् ।
गत सुक्रबार दिउँसो स्थानीय केदार देवकोटा, रमेस देवकोटा र चन्द्रमायाँ देवकोटाको तिनवटा घर जलेर नष्ठ भएको थियो । आगलागीबाट ३० लाख रुपैयाँबढी क्षेती भएको थियो ।
उता सहयोग पाएपछि पिडितहरुले खुसी व्यक्त गरेका छन् । भुकम्बाट जिर्ण घरलाई टेका लागाएर बसेको भएपनि फेरी अर्को विपत्तिले सत्यनास गरेको पिडित रमेस देवकोटाले बताए ।
भुकम्प पछि भुकम्प पिडितहरुका लागि सहयोग गर्न थापाको नेतृत्वमा तय गरिएको सिन्धुली पुनर्निर्माण र पुनस्थापना अभियानले जिल्लाका विपन्न, पिडित, अपाङ्ग, महिलाहरुलाई सहयोग गर्दै आएको छ ।
भुकम्प पछि झण्डै दुइ सयबढी अस्थायी टहरा निर्माण, राहत वितण, तथा विपन्न वर्गका लागि विभिन्न प्रकारको सहयोग गर्दै आएको अभियानका इन्द्र भुजेलले बताए ।


,

0 comments

Write Down Your Responses