Powered by Blogger.
पुरानै संरचनामा चुनाब प्रतिगमन ः डा.भट्टराई



बुद्धकुमार आछामी
सिन्धुली, ३० मंसीर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बावुराम भट्राईले तिन ठुला राजनैतिक दलहरुले पुरानै संरचनामा देशलाई चुनाब तर्फ लान खोज्नु प्रतिगमनको गम्भीर संकेत भएको बताएका छन । 
बिहिबार सिन्धुलीमाढीमा पत्रकारहरुसँग कुराकानी गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका डा.भट्राईले भने, ‘पुरानै संरचनामा देशलाई चुनाब तर्फ लान खोज्नु प्रतिगमनको गम्भीर संकेत हो, पुर्नसंरचनाको काम टुग्याएर मात्र देशलाई चुनाब तर्फ लानुपर्छ ।’ केपी ओली नेतृत्वको प्रतिगामी र यथास्थितीबादी शक्तिले जनतालाई भ्रमित पारेर देशलाई प्रतिगमन तर्फ लान खोजेको उनको आरोप थियो । 
सरकारले अगाडि सारेको संविधान संशोधनको प्रस्ताव अपूर्ण रहेको बताउदै डा.भट्राईले नयाँ संशोधन प्रस्ताव मार्फत राजनैतिक गतिरोधको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नयाँ संविधान बनेको पन्ध्र महिना बितिसक्दा पनि संविधान कार्यान्वयन हुन सकेको छैन, अब नयाँ संशोधन प्रस्ताव मार्फत मधेशको समस्या पनि हल गरेर देशलाई अगाडि लैजान सबै पक्ष तयार हुनुपर्छ ।’
संविधान संशोधन गर्नुहुन्न भन्ने नेकपा(एमाले)को अडान सहि नभएको बताउँदै भट्राईले आवश्यक्ता अनुसार संविधानलाई जतिपनि संशोधन गर्न सकिने भएकाले आफ्नो अतिलाई छोड्न एमालेलाई आग्रह समेत गरे । 
संघीयतालाई अस्वीकार गर्दै अगाडि बढ्ने कुराले जनयुद्धका शहीदहरुको अपमान हुने भएकाले त्यसो नगर्न सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रसँग भट्राईले आग्रह गरे । उनले भने, ‘संशोधनको साझा प्रस्ताव बनाएर अगाडि बढौं, प्रतिगमन तर्फ जाने काम सरकारले गर्नु हुँदैन ।’
बिकास र सबृद्धिको नारा बोकेर स्थापित नयाँ शक्ति पार्टी नेपालले घर घरमा नयाँ शक्ति भन्ने नारा सहित ६ महिने अभियान सञ्चालन गरेर आफ्नो गतिविधी अगाडि बढाईरहेको डा.भट्राईले पत्रकार भेटघाटमा जानकारी दिए । 
नयाँ शक्ति पार्टी नेपाल २ नं. प्रदेशको महोत्तरीमा सम्पनन् वैठकबाट भट्राई काठमाडौ फर्केका हुन । उनले जिल्लाका आफ्ना नेता तथा कार्यकर्तासँग भेटघाट समेत गरेका छन । 


, ,

0 comments

Write Down Your Responses