Powered by Blogger.
सिन्धुली महोत्सवको भब्य उदघाटन

सिन्धुलीको समग्र विकासमा प्रतिबद्ध छौं ः  महरा 

राजन गाउँले
सिन्धुली ७, पुष । ‘समृद्ध सिन्धुली निर्माणको आधार कृषी, पर्यटन र उद्योग क्षेत्रको लगानी मैत्री वातावरणमा सुधार’ भन्ने मुल नाराका साथ बिहिबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ । महेत्सवको समुद्घाटन उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले भब्य कार्यक्रमका विच गरेका छन् ।
महोत्सवको उदघाटन गर्दै उपप्रधानमन्त्री महराले जिल्लाको समग्र विकासका लागि सरकार र आफुले सक्दो सहयोग गर्ने बताए । ‘बर्तमान राजनीतिक अवस्था र लामो समससम्म स्थानीय निकाय जनप्रतीनिधी विहीन भएको बेला समग्र विकास निर्माणका कामहरु गर्न नसकेको बताउँदै उनले भने,  समसामयीक राजनीतिक गतीरोधको अन्त्य गर्दै आगमी बैशाखसम्ममा तिनै तहको निर्बाचन सम्पन्न गरेपछि देश आर्थीक विकास तर्फ अघि बढ्छ ।’
भुकम्प पछि आर्थीक गतीविधिहरु रोकीएको स्मरण गर्दै उनले पुनर्नीमाण र आर्थीक सम्वृद्धी संगसंगै लैजाने सरकारी तयारी भएको बताए । भुकम्प पछि जिल्लाको विकासका निर्माणले गती लिन नसकेको भन्दै स्थानीय तहमा प्रतिफल देखिने गरी काम गर्न कर्मचारीहरुलाई महराको निर्देशन थियो ।
राष्ट्रिय रुपमानै ऐतिहासिक महत्व बोकेको सिन्धुलीगढीको वृहत्तर विकासका लागि मन्त्रालयले आवश्यक बजेट यसै वर्षबाट विनियोजन गर्ने उनको भनाई थियो ।‘जिल्लाको विकासको अर्को महत्वपूर्ण मानिएको कोखाजोर जलविद्युत आयोजनको निर्माण कार्य पनि सुरु गर्न म आवश्यक प्रक्रिया सहितको बजेटको व्यवस्थापन गर्ने छु,’ उनले भने ।
भद्रकाली ३ चियाबारी—खुर्कोट सुरुङमार्ग, कमला, मरीण, चदाहा जस्ता नदीको कटान नियन्त्रणका लागि पनि यसै वर्षबाट आवश्यक बजेट सहितको कार्यक्रम अघि सारीने उनको प्रतिबद्धता थियो । जुनार भण्डारणका रुपमा चिनिएको जिल्लामा जुनार क्षेत्रको थप विकासका लागि भण्डारण र प्रशोधन उद्योग सञ्चालन गर्ने उनले जनाए । यस्तै जिल्लामा सञ्चालन भइरहेको कृषी क्याम्पसको भौतिक पूर्वाधार निर्माणमा पनि आफ्नो ध्यानकर्षण भएको उनको भनाई थियो ।
  आगामी बजेटमा वीपी कोइराला लगायतका कोइराला परिवारबाटै चारचार जना प्रधानमन्त्री जन्माउन सफल सिन्धुली जिल्ला र कम्युनिष्ट पार्टीका संस्थापक नेताहरु जन्माएको रामेछाप जिल्ला पनि विशेष कार्यक्रम ल्याउने उनले जनाए । 
भुकम्पको पुनर्निमाणमा लागेकाहरुलाई दोस्रो किस्ता उपलब्ध गराउन शुक्रबारनै पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिने उनले जनाए । सिन्धुली उद्योग वाणीज्य संघ, जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको आयोजनामा संचालन भएको महोत्सव आगामी १८ गतेसम्म संचालन हुने छ । महोत्सवमा जिल्ला स्थित कला, संस्कृती, धार्मीक र ऐतिहासिक स्थलको संरक्षण, आन्तरीक पर्यटन, उद्योग ब्यापार तथा कृषिमा आधारित जुनारको प्रबद्र्धन तथा सूचना प्रविधिको विकास गरिने आयोजक तथा सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष विनेशकुमार श्रेष्ठले बताए । 
महोत्सवमा २ सय ५० वटा स्टल राखीएको छ । घरेलु तथा साना उद्योग विकास समिति सिन्धुली लगाएत अन्य साझेदार निकायले सहयोग गरेमा जिल्ला उत्पादीत बस्तुको प्रचार प्रसार र सिन्धुलीको पहिचान पनि अन्य जिल्ला तथा देश विदेस सम्म पुग्ने अपेक्षा रहेको उनको भनाई छ ।
 महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रख्यात कलाकारहरुबाट मनोरज्न पनि समावेश हुने छन् । महोतकाकुवा, पिङ, चङ्गाचेटका साथै विभिन्न बाल खेलौनाहरुपनि महोत्सवमा राखिएको छ ।
महोत्सव अवधिभर करीब तिनलाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको छ भने झण्डै दुईकरोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सव  अवलोकनका  लागि जिल्लामा आउने पर्यटकहरुले ऐतिहासिक सिन्धुलीगढी र गढीदरबार, वीपी राजमार्गको मनमोहक दृष्य, काली कमलामाई, शिद्धबाबा मन्दिरको दर्शन, जुनार बंगैचाको अवलोकन गर्न सक्ने छन् ।
महोत्सवको उद्घाटमा पूर्व कृषी मन्त्री हरिबोल गजुुरेल, संसद मोहन प्रसाद बराल, लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।



, ,

0 comments

Write Down Your Responses