Powered by Blogger.
नागरिक सहयोग बिनाको प्रहरी कुहिरोको कागः अर्याल

सिन्धुली, १९ मंसीर । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले नागरिक सहयोग बिनाको प्रहरी कुहिरोको काग जस्तै हुने बताएका छन ।
इलाका प्रहरी कार्यालय कपिलाकोटको नवनिर्मित भवन समुदघाटन गर्न आइतबार कपिलाकोट आइपुगेका महानिरीक्षक अर्यालले भने, ‘नागरिकको सहयोग बिना प्रहरी कहिल्यै पूर्ण हुन सक्दैन, प्रहरी र नागरिक बीचको सम्बन्ध जहिले पनि पारस्परिक हुनुपर्छ ।’
समाजको बिकाससँगै समाजमा विकृति र विसंतिहरु पनि बढ्दै जाने भएकाले ति विकृतिको अन्त्यका लागी नागरिक समाज र प्रहरी सधै मिलेर काम गर्नुपर्ने महानिरीक्ष अर्यालको जोड थियो । प्रहरी र नागरीकको सम्बन्धलाई सुदृढ बनाउनकै लागी नेपाल प्रहरीले मुस्कान सहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, सामाजिक कार्यका लागी सामुदायीक प्रहरी जस्ता अभियान समेत चलाईरहेको उनले बताए ।
भबनको उदघाटन पछिको सम्बोधनमा अर्यालले जसरी भवनको स्वरुप परिवर्तन भएको छ त्यसैगरी प्रहरीको व्यवाहार र सस्कारमा परिवर्तन हुनुपर्नेमा जोड दिए । समाजमा बसेर समाजको आवश्यक्ता अनुसार प्रहरीले जनतालाई सेवा प्रदान गर्नुपर्ने उनको भनाई थियो ।
भवन निर्माण सहयोग समितिका संयोजक बेनुकुमार बुढाथोकीको अध्यक्षतामा भएको उदघाटन समारोहमा प्रहरी नायव महानिरीक्षक पशुपति उपाध्याय, प्रमुख जिल्ला अधिकारी तारा बहादुर कार्की लगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति उज्वल बराल, नेकपा(एमाले)का नेता कमलजंग राई, नेकपा(माओवादी केन्द्र)का जिल्ला अध्यक्ष राजन दाहाल, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक दिर्घराज श्रेष्ठ,बरिष्ठ समाजसेवी राम बहादुर हाय जिल्लाका विभिन्न् सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।
शान्ति तथा पुर्ननिर्माण मन्त्रालय शान्तिकोषको आर्थिक लगानीमा प्रहरी इकाई पुर्ननिर्माण आयोजना तेश्रो चरण अन्र्तगत निर्माण गरिएको उक्त भनवको कुल लागत ९२ लाख ९६ हजार १ सय ४७ रुपैयाँ १३ पैसा रहेको जनाइएको छ । २०६९ मंसीरबाट निर्माण कार्य थालिएको भवन निर्माणको जिम्मा खानि निर्माण सेवा प्रालिले लिएको हो ।
निर्माण गरिएको उक्त नयाँ भवन महिला मैत्री तथा अपाङ्गमैत्री समेत रहेको निर्माण कार्यमा संलग्न प्रहरी नायव उपरीक्षक इन्जिनियर रामकुमार चौधरीले जानकारी दिए । द्धन्द्धकालमा क्षतिग्रस्त भएका सात सय ६८ प्रहरी इकाई मध्ये आधा पनि निर्माण नभएको अवस्थामा सिन्धुलीमा भने ३ वटा प्रहरी भवनको निर्माण कार्य सम्पनन् गरिएको छ ।


,

0 comments

Write Down Your Responses