Powered by Blogger.
विप्लब माओवादीद्धारा सिन्धुली बन्द,एक जना पक्राउ


राजन गाउँले
सिन्धुली २० मंसिर । नेत्र विक्रम चन्द (विप्लब) माओवादीले सोमबार बिहानै देखी सिन्धुली बन्द गराएका छन् । 
आफ्ना दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको भन्दै विना सर्त छाड्न माग गर्दै बन्दको आह्वान गरिएको हो । 
गत कात्तिक २८ गते विप्लब माओवादीले गरेको नेपाल बन्दका क्रममा विप्लब माओवादीका शशि राई र तिर्थमान तामाङ्लाई पक्राउ गरेर हिरासतमा राखेको छ । 
उनिहरुमाथी बन्दको अभज्ञा गर्दै सावारी साधन सञ्चालन गरेको भन्दै जिल्लाको भद्रकाली गाविस २ चियाबारी स्थित विपी राजमार्गमा काठमाण्डौंबाट सिरहाको गोलबजार तर्फ जाँदै गरेको स१त ११४४ नम्बरको स्कारपियो गाडी जलाएको आरोप छ । 
तर, बन्दका क्रममा राई कोठमा बसीरहेको अवस्थामा पक्राउ गरिएको र तामाङलाई बाटो हिँडि रहेको अवस्थामा पक्राउ गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी राजु कार्कीले बताए ।
सोमबारको बन्दलाई प्रभाबकारी बनाउन आइतबार जिल्लाको पिपलमाढी, क्यानखोला, सित्तलपार्टी र माढीबजारमा मसाल जुलस समेत प्रदर्शन गरिएको उक्त पार्टीका नेता सन्देश पौडेलले बताए । 
बन्दका कारण सोमबार बिहानै देखी जिल्लामा यातायात तथा शैक्षिक संघ संस्थाहरु खुल्न सकेका छैनन् । जिल्ला सदरमुकामका पसलहरु छिटफुटमात्रमा खुलेपनि अधिकांस पसलहर बन्द छन् ।
विप्लप कार्यकर्ताहरु देखा नपरेपनि स्वत बन्दको प्रभाव रहेको छ । बन्दका कारण वीपी राजमार्ग हुँदै सञ्चालनहुने कुनैपनि यातायातका साधनहरु सञ्चालन हुन सकेको छैन् ।  
उता प्रहरीले विशेष सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ । यातायातका साधनहरु सञ्चालन भएकालाई स्कर्टीङको प्रबन्ध मिलाइएको सिन्धुलीका प्रहरी प्रमुख उमासंकर पंजियारको भनाई छ । 
बन्दलाई प्रभावकारी बनाउन र अभज्ञा नगर्न विप्लव माओवादीका जिल्ला इन्चार्ज राजु कार्कीले गत बिहिबारनैै विज्ञप्ती मार्फत चेतावनी दिएका थिए । यसै विच बन्द गराएको भन्दै सोमबार सिन्धुलीको बसपार्क क्षेत्रबाट एक जना बिप्लब कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । महिला संगठनकी नेतृ मनकुमारी आछामीलाई प्रहरीले पक्राउ गरेको हो । 


,

0 comments

Write Down Your Responses