Powered by Blogger.
मुहान बिवादले तिनसयँ घरधुरी खानेपानीबाट बञ्चीत



एकगाग्री पानीको पचास रुपैयाँ 
सिन्धुली, २० मंसीर । भुबनेश्वरी गाविस—७ का पूर्ण बहादुर विक(ठकुरी) उमेरले ७० वर्ष पुगिसकेका छन । दैनिक उनको चिन्ता छ आज घरमा पानि कस्ले ल्याईदिन्छ । त्यो पनि सित्तैमा होइन एक गाग्री पानीको पचास रुपैयाँ तिरेर । उनले यो समस्या भोग्नुको मुख्य कारण हो खानेपानी मुहान विवाद । 
आफ्नो घरभन्दा १ घण्टा तल कोशीको छेउबाट पानि लान आफु सक्दैनन् त्यसैले उनले दैनिक ५० रुपैयाँ तिरेर अरु कसैलाई पानि ओर्सान लगाउछन । गाउँमा पानिको धारा आउने हल्ला सुनेको लामै समय भएपनि अहिले सम्म धाराबाट पानि खाने उनको आशा पुरा हुन सकेको छैन । यी ७० वर्षिय बृद्धलाई ५० रुपैयाँ तिरेर भनेपनि पानीको जोहो गर्नुपर्ने बाध्यता छ । 
केहि समय अघि तिनकन्या गाविसको वडा नं.८ बाट भुवनेश्वरीको वडा नं.४, ५, ६ र ७ का लागी खानेपानी ल्याउने प्रयास गरिएको भएपनि तिनकन्या गाविसका स्थानीयले मुहानमा विवाद सिर्जना गरेपछि चारवटा वडाका झण्डै ३ सय घरधुरीले एक घण्टा तलबाट पानि ओर्सानुपर्ने बाध्यतामा छन ।
खानेपानीकै समस्या भएपछि भुकम्प पिडित त्यसक्षेत्रका स्थानीयले आवास पुर्ननिर्माणको पहिलो किस्ता रकम सम्झौता गरेपनि आफ्नो घर पुर्ननिर्माणको काम सुरु गर्न सकेका छैनन् । भुबनेश्वरीका स्थानीय गौरब कार्कीले भने, “ मुहान बिवादका कारण खानेपानीको व्यवस्था नै गर्न सकिएको छैन, पिडितले घर कसरी बनाउन सक्छन ।” विवादको समाधान गरी योजना सञ्चालनको लागी प्रयास भइरहेको भएपनि सहमति हुन नसकेकाले अझै कहिले सम्म पानि किन्नु पर्ने र कोशीबाट बोकेर खानुपर्ने हो त्यस्को टुंगो नभएको कार्कीको भनाई छ । 
गाविस स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्यव समितिले २०७१ जेष्ठ २७ गतेनै खुल्ला दिशामुक्त घोषणा गरेको भएपनि अहिले सम्म खानेपानीको व्यवस्था नै गर्न सकेको छैन । विबादको समाधान गरी खानेपानीको व्यवस्था गर्नका लागी गाविस कार्यालय पनि गम्भीर भएर लागीरहेको गाविस सचिब रोहित कार्कीले बताए । उनले भने, “खानेपानी आधारभुत आवश्यक्ता हो, कसैले मुहानमा विवाद गर्न मिल्दैन, सहमति जुटाएर खानेपानीको व्यवस्था गछौं ।”
त्यसक्षेत्रमा खानेपानीकै व्यवस्था गर्न नसक्दा खुल्ला दिशामुक्त अभियान समेत प्रभावकारी बन्न सकेको छैन । खानेपानीको व्यवस्था बिनानै खुल्ला दिशामुक्त घोषणा गरेर अब्यवाहारीक काम गरेको स्थानीयहरुले गुनासो समेत गरेका छन । 
तत्काल खानेपानीको व्यवस्था गरिदिन उनीहरुले पटक पटक माग गरेपनि कसैले वास्ता नगरेको उनीहरुको दुखेसो छ । 




, ,

0 comments

Write Down Your Responses