Powered by Blogger.
सिन्धुलीमा राप्रपा र राप्रपा नेपाल बीच एकीकरण


सिन्धुली, २० मंसीर । राप्रपा र राप्रपा नेपाल बीचको केन्द्रमा भएको एकीकरण सँगै जिल्ला तहमा समेत एकीकरण सुरु भएको छ । सिन्धुलीमा पनि आज एक समारोह वीच दुई पार्टी बीच एकता भएको छ । दुवै पार्टीका जिल्ला अध्यक्ष जिल्ला अध्यक्षहरु सम्भु कुमार कार्की र भिष्मराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण प्रसाद मल्ल र लाल बहादुर लामा प्रमुख अतिथी रहेका थिए । 
कार्यक्रममा केन्द्रिय सदस्य उज्जलविक्रम थापा लगायत अतिथीहरुले मनतव्य व्यक्त गरेका थिए । एकीकरण कार्यक्रममा सहभागी भएका नेता तथा कार्यकर्ताहरु निक्कै उत्साहित भएका थिए । उनीहरुले पार्टीको एकतालाई अझ बलियो र सुदृढ बनाउनु पर्ने बताएका छन । 
२०४५ सालको जनआन्दोलन पश्चात २०४६ मा दोश्रो पटक प्रजातन्त्रको पुनर्बहालीपछि २०४७ साल जेठ १५ गते गठन भएको राप्रपा(थापा) र राप्रपा(चन्द) पार्टी पटक पटक विभाजित र एकीकृत भई २०६२ सालमा भने राप्रपाबाट पुनः विभाजन भई राप्रपा नेपालको जन्म भएको थियो । केन्द्रमा मंसीर ६ गते यी दुई पार्टीवीच एकता भएको थियो । 
संवैधानिक राजतन्त्र अवधारणा बोकेको राप्रपा नेपाल र गणतन्त्रलाई आत्मसात् गरेको राप्रपाले यी दुई दृष्टिकोणमध्ये कसलाई अघि बढाउने भन्ने विषयलाई भने महाधिवेशले टुङ्ग्याउने छ ।


,

0 comments

Write Down Your Responses