Powered by Blogger.
वाइसीएल सिन्धुलीको एकता भेला सम्पनन्


सिन्धुली, २१ मंसीर । नेकपा(माओवादी केन्द्र) निकट योङ्ग कम्यूनिष्ट लिग नेपाल(वाइसीएल)को जिल्ला एकता भेला तथा प्रशिक्षण कार्यक्रम मङ्गलबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । एकीकृत नेकपा(माओवादी) र अन्य विभिन्न् कम्युनिष्ट घटकहरु बीच केन्द्रमा भएको एकतासँगै जनवर्गिय संगठनहरु वीच पनि एकीकरण गर्ने अभियान अन्र्तगत वाइसीएल सिन्धुलीले पनि एक समारोह वीच एकता भेला सम्पन्न् गरेको हो ।
जिल्ला अध्यक्ष पुष्पराज श्रेष्ठको अध्यक्षतामा भएको भेलामा वाईसीएल नेपालका केन्द्रिय अध्यक्ष विज्ञान शर्मा, उपाध्यक्ष सरद दुलाल, माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धिमान माझी, डम्बर कार्की, जिल्ला अध्यक्ष राजन दाहाल लगायतले प्रशिक्षणात्मक मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा वाइसीएलका केन्द्रिय सचिब भिम बहादुर लामा, कोषाध्यक्ष सुबोध श्रीपाली, विभिन्न् जनवर्गीय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । 
भेलाले पुष्पराज श्रेष्ठको अध्यक्षतामा ८३ सदस्यीय कार्यसमिति चयन गरेको बताइएको छ ।  कार्यक्रममा एमाले तथा काग्रेस परीत्याग गरी दर्जनौं युवाहरु वाइसीएलमा प्रवेश गरेको सचिब चिरन्जीवी दाहालले बताए । एकीकरण अभियान अन्र्तगत यस भन्दा अगाडिनै माओवादी केन्द्र निकट शिक्षक र विद्यार्थी संगठनको जिल्ला एकता भेला सम्पनन् भईसकेको छ । 




,

0 comments

Write Down Your Responses