Powered by Blogger.
एका एक चितुवाको जुँगा गायब


सिन्धुली, २१ मंसीर । गत सनिबार वीपी राजमार्ग स्थित भद्रकाली—३ चियाबारी जंगलमा मृत अवस्थामा भेटिएको चितुवाको महत्वपूर्ण भागहरु शिद्धेश्वर इलाका बन कार्यालय भित्रैबाट गायब भएको छ । 
मृत अवस्थामा सडकमा भेटिएको भाले जातको चितुवा पशु सेवा कार्यालयमा पोष्टमार्टम पछि कार्यालयले सोमबार आफ्नै कार्यालय हाता भित्र दहन गरेको थियो । मृत अवस्थामा भेटिएको चितुवाको मृत्यूको अनुसन्धान गर्नुभन्दा पनि चितुवाको महत्वपूर्ण अंशहरु गायब गराएको आरोप बन कार्यालयलाई लागेको छ । 
कार्यालयकै कर्मचारीहरुको मिलेमतोमा चितुवाको जुंगा, पित्त लगायत झिकिएको श्रोतले बतायो । श्रोतका अनुसार भेटिदा चितुवाको जुन अवस्थामा जुंगा थियो दहन गर्ने बेलामा एउँटा पनि जुंगा बाँकी थिएन । 
उता जिल्ला बन कार्यालयका प्रमुख नबिन गीरीले चितुवाको मृत्यूको कारण अझै पनि खुल्न नसकेको बताउँदै प्रहरीकै रोहबरमा दहन गरिएको हुँदा महत्वपूर्ण भागहरु गायब गरेको कुरा सत्य नभएको बताए । 
तर चितुवाको अंगहरु औषधी तथा विक्रीका लागि प्रयोग गर्न सकिने भएपछि एका एक गायव भएको हो की भन्नेमा सबैमा संका छाएको छ । ‘नत्र समाउँदा भएको जुँगा गाड्दा कसरी सबै गायब भयो होलात ?,’ जिल्ला वन कार्यालयकै एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने ।



,

0 comments

Write Down Your Responses