Powered by Blogger.
जिविसले खरिद गरेको ट्रान्समिटर गुणस्तर हिन भएकोे आरोप

राजन गाउँले 
सिन्धुली ११, माघ । जिल्ला विकास समिति सिन्धुलीले ग्रामिण क्षेत्रमा विद्युत् आपुर्ती गर्न खरिद गरेको ट्रान्समिटर गुणस्तर हिन हुँदा खरिद गरिएका अधिकांस ट्रान्समिटरहरु प्रयोग विहिन भएका छन् । 
स्थानिय उपभोक्ताहरुले जिल्ला विकास समितिका कर्मचारीहरु आर्थिक प्रलोभवनमा परेर गुणस्तर हिन ट्रान्स मिटर खरिद गरेको कारण विद्युत सप्लाई हुन नसकेको आरोप लगाएका छन ।
    जिल्ला विकास समितिले गाँउ विकास समितिहरुमा विद्युत वितरण गर्नका लागी ति ट्रान्समिटरहरु टेन्डर मार्फत खरिद गरको थियो । जिविसले खरिद गरेका ट्रान्समिटरवाट विद्युत सप्लाई नभए पछि गाँउलेहरुले जिल्ला विकास समितिलाई ट्रान्समिटरहरु धामाधन फिर्ता दिन थालेका छन् । जिल्ला विकास समितीले विभिन्न गाँउ विकास समितिको लागी गत आव २०७१÷०७२ मा १४ वटा ट्रान्समिटर खरिद गरेको थियो । 
  त्यसपछि जिविसले त्यस्ता ट्रान्समिटर ग्रामिण विद्युती करणका लागि विभिन्न १४ गाविसलाई वितरण गरेको थियो । तर खरिद गरेका १४ मध्ये ७ वटा काम नलाग्ने अवस्थाको भएको पाइएको थियो ।
तर, विद्युतसप्लाई नभएपछि डाँडीगुरासँ, महादेवस्थान, झागाझोली, कुशेश्वर दुम्जा, सितलपाटी सहित ७ वटा गाउँ विकास समितिका उपभोक्ताले ट्रान्समिटरहरु फिर्ता ल्याई जिविसकै जिम्मा दिएका छन् । जिल्ला विकास समितिको ट्रान्समिटर खरिद सम्वन्धी टेन्डर ट्रान्सवयल्ड कम्पनीले हातपारेको थियो । 
टेन्डरमार्फत झिकाएको सो ट्रान्समिटरको रिक्स सम्वन्धित कम्पनीलेनै लिनु पर्ने जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी शिव हुमागाईले वताए । जिविसले ५० केभी क्षमताको ट्रान्समिटर खरिद गरेको थियो । जिविसको कार्यालयमा पछिल्लो सयम ट्रान्समिटर फिर्ता आएको स्वीकार गर्दै भने, ‘सप्लायर्सले लस पावर बढी भएको ट्रान्समिटर ल्याएको कारण विद्युत सप्लाई हुन नसकेको हो,’ हुमागाइले भने । 
उनले फिर्ता आएको ट्रान्समिटर ढुवानी गर्ने कम्पनीलाईनै मर्मत गर्न लगाउँने नमाने जिविस आफैले लगानी गरेर भएपनि मर्मत गराएर पुन सञ्चालनमा ल्याउने जनाए ।
उता स्थानिय विकास अधिकारीको भनाई सँग स्थानिय उपभोक्ता सहमत छैनन् । उनीहरु जिविसका कर्मचारी आर्थिक प्रलोभनमा परि गुणस्तर हिन सामान खरिद गरेको दावी गर्दछन् । कुशेश्वर गाविसका स्थानिय वासिन्दा दुतराज पुलामीले जिविसका कर्मचारीकै आर्थिक मिलेमतोमा ठेकेदारले गुणस्तर हिन ट्रान्समिटर ल्याएको दावी गरे । जिविसले कुशेश्वर गाविसको लागी छुट्याएको ट्रान्समिटर संचालन नभए पछि पुनःजिल्ला विकास समितिमा ल्याएर वुझाइ दिएको पुलामीले वताए । 
ट्रान्समिटर  सदरमुकामदेखी दुम्जा सम्म लाने ल्याउने दोहोरो यातायात खर्च पनि हामीलेनै व्यहोर्नु परेर गाँउका गरिव जनता मारमा परेको पुलामीले वताए ।
 विद्युत प्राधिकरका इन्जीनियरका अनुसार जिविसले खरिद गरेको ट्रान्समिटरको स्टान्डर लस प्वाइन्ट कायम नहुँदा ति ट्रान्समिटरवाट विद्युत सप्लाई हुन नसेको वताए । ति ट्रान्समिटरमा लस प्वाइन्ट २० छ ।  विद्युत लस प्वाइन्ट ४ देखी ६ हुनु पर्ने विद्युत प्राधिकरणको भनाई छ ।


,

0 comments

Write Down Your Responses