Powered by Blogger.
फिक्कलमा पहिलोपटक पुग्यो यात्रुबाहक बस, स्थानिय हर्सित

राजन परियार
सिन्धुली, माघ ११ । सिन्धुली जिल्लाको सवै भन्दा उचाइमा रहेको पर्यटकीय क्षेत्र फिक्कलमा पहिलो पटक यात्रुबाहक बस पुगेको छ । सडक यातायातको प्रारम्भिक अवस्थामै मध्यपहाडी यातायात सेवा समितिका सचिव गणेश सुुनुवारले फिक्कल स्थित चनौटेमा वस पु¥याएपछि स्थानियहरु हर्सित हुदै फुलमाला अविरले स्वागत गरेका थिए ।
२०७० सालमा मध्यपहाडी राजमार्गवाट १९ किलोमिटर निर्माण कार्य सम्पनन गरी पहिलो पटक फिक्कलमा मोटरवाटो पुगेको थियो । त्यसपछि सदरमुकाम देखी फिक्कलसम्म साना वोलेरो सञ्चालनमा आएको भएपनी ठुलो गाडी भने पहिलो पटक पुगेको थियो ।
आफ्नो गाउँमा बस आइपुगेकोमा खुसि व्यक्ति गदै चण्डिका उमावि चनौटेका प्रधानाध्यापक पृथ्वी वहादुर कार्कीले मध्यपहाडी यातायात सेवा समितिलाई धन्यवाद दिदै धेरै अझै पनि केहि समस्या रहेको हुनाले त्यसतर्फ ध्यान दिन सम्वन्धीत निकायलाई आग्रह गर्दै सडक स्तर उन्नती र कालोपत्रे गर्न सरकारलाई अनुरोध गरे ।
त्यसैगरी विश्व प्रसिद्ध फिक्कल विकास समितिका अध्यक्ष प्रेम वहादुर थापाले फिक्कलको जडिबुटी, जंगल र पर्यटकिय स्थलको स्तर उन्नतीको लागि पहिलो प्राथमिकता दिन सके सिन्धुलीमात्र नभइ सिँगो देशलनै अर्थतन्त्रमा अगाडी वढ्न सक्ने वताए ।
बस हेर्न आतुर भएका फिक्कलबासीले पहिलो पटक बस देखेर उत्साहित भए । फिक्कलमा गाडी आउने खबर सुन्नासाथ खोलागाँउ र पोखरी गाविसका स्थानियबासीको घुइँचो लागेको थियो । गाडी आउने खबर पाएपछि गाईवाख्रा चराउन जंगल पुगेका स्थानियहरु हतार हतार फुलमाला अविर लिएर गाडी आइपुगनासाथ उपस्थित भएका थिउ ।
मलाई ठुलो गाडी आउँछ भनेर पत्यार लागेको थिएन एकैचोटी मोटरले हर्न लगाएर गाँउमा आइपुगेपछि खुशी लागेको खोलागाँउ–६ चनौटेकी लक्ष्मी कटुवालले वताइन ।


,

0 comments

Write Down Your Responses