Powered by Blogger.
सिन्धुलीको रानिवासमा सामुहिक बलत्कार पछि एक किशोरीको हत्या

राजन गाउँले
सिन्धुली २०, माघ । सिन्धुलीको रानिवास गाविस २, डाँडाटोलकी १७ वर्षीया एक किशोरीको सामुहिक बलत्कार पछि हत्या गरिएको आरोप लागेको छ । स्थानीय जिरे माझीकी १७ वर्षीया छोरी विपना माझीलाई बुधबार राती (गएराती) स्थानीय युवाहरुबाट सामुहित बलत्कार गरी हत्या गरेको स्थानीयले आरोप लगाएका हुन् । 
प्रभात उमावि रानीवासको कक्षा दशमा अध्ययनरत माझीलाई बुधबार राती करिव ११÷१२ बजेको समयमा सोही ठाउँका निरोजमाझीले फोन गरी घर बाहिर बोलाएर लगि घर तलको खेतमा सामुहिक बलत्कार गरी हत्या गरेको मृतक माझीका बुबा जिरे माझीले आरोप लगाए । 
विपनाको हत्यापछि पुनः घरको उनि सुत्ने कोठामै ल्याएर राखेपछि आफुहरुले थाहा पाएको बुबा जिरेको भनाई छ । राती करिब १ बजे कोठाको ढोकामा आवाज आयो त्यसपछि ममी ((मृतककी आमा) शुकमायाँ उठेर छोरी सुत्ने कोठामा हेर्न जाँदा ढोका खुल्ला भएको र छोरी अचेत अबस्थामा भेटीएपछि घर तथा छरछिमेकले थाहा पाएका थिए । त्यस लगत्तै स्थानीयले एम्बुलेन्स बोलाई जनकपुर स्थित जानकी मेडीकल कलेज पु¥याउँदा विपनाको अस्पताल पु¥याउनु पहिलेनै मृत्यू भइसकेको डाक्टरहरुले जनाएको जिरेमाझीले जनाए ।
जानकी मेडीकल कलेजका डाक्टरहरुले मृत्यू भइसकेको जनाउँदै भर्ना लिन नमाने पछि विपनाको शव पोष्ट मार्टमका लागि बिहिबार (आजा) विहान सिन्धुली अस्पताल ल्याइएको छ । उनको पोष्टमार्टन गरिएको छ । रिपोर्ट आइसकेको छैन् । ‘तर, पोष्ट मार्टमको रिपोर्ट नआएसम्म बोल्न नमिले पनि विपनाको शरिरभरी निलडाँम भएको उनको यौनिबाट रगत बगेको घट्नाले सामुहिक बलत्कार पछि हत्या भएको हुनसक्ने आशंका बढ्दै गएको छ,’ बुबा जिरेले भने । 
हत्याको आरोप लागेका निरोज माझीले मृतक विपनालाई प्रेम गर्ने गरेको स्थानीयको भनाई छ । तर विपनाले निरोजलाई नस्विकारेकै कारण निरोजले अन्य केटाहरुको साथ लिएर बलत्कार गरी हत्या गरेको हो की भन्ने सबैमा शंका छाएको स्थानीय तथा प्रभात उमाविका शिक्षक पुजन बख्रेलले जनाए । 
उता विपनाको मृत्यू भएपछि माझी परिवारले इलाका प्रहरी कार्यालय भिमानका उजुरी दिएका छन् । प्रहरीले सामुहिक बलत्कार पछि हत्यामा सामेल भएको आशंकामा विहिबार बिहानै स्थानीय चार जनालाई पक्राउ गरेको छ । 
पक्राउ पर्नेमा निरोज माझी, अजय परियार, पवन विक र रामजी खत्रीछन् । उनिहरुलाई इलाका प्रहरी कार्यालय भिमानले पक्राउ गरेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले जनाए । 
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरिएको र पोष्ट मार्टमको रिपोर्ट पनि आइ नसकेका कारण घट्नाबारे यसै भन्न नसकिने बोहोराको भनाई छ । 
‘घट्नाक्रम हेर्दा विपनाको हत्या भएको हुन सक्ने धेरै आशंकाहरु छन् तर, बलत्कार भने भएको हो वा होइन अहिले भन्न सकिन्न,’ उनले भने । स्थानीयको भनाईका आधारमा भने बलत्कार पछि हत्या भएको भन्ने आरोप रहेको बोहोराले भने् । घट्नाबारे अनुशन्धान थालीएकाले छिट्टै बास्तीवक पत्ता लाग्ने प्रहरीले जनायो । मृतक विपनाको शब पोष्टमार्टम पछि सिन्धुली अस्पतालमा राखीएको छ ।


,

0 comments

Write Down Your Responses