Powered by Blogger.
१२ बर्ष पछि १० वर्षे जनयुद्धको सम्झना

 
सिन्धुली, १ फाल्गुण । नेकपा(माओवादी) केन्द्र सिन्धुलीले १० वर्षे जनयुद्धको सम्झना गर्दै औपचारीक रुपमा जनयुद्धको अन्त्य भएको १२ वर्ष पछि २२ औं जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र सिन्धुलीले कमलामाई नगरपालिकाको सिस्नेरी, दुधौली नगरपालिकका हर्षाही र महाभारत गाउँपालिकाको लाम्पान्टारमा कार्यक्रमको आयोजना गरि जनयुद्ध दिवस मनाएको हो । 
लाम्पान्टारको कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य बुद्धिमान माझी, हर्षाहीमा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहाल र सिस्नेरीको कार्यक्रममा नेता रामकुमार पौडेल प्रमुख अतिथीको रुपमा सहभागी रहेका थिए । 
तत्कालिन नेकपा(माओवादी)को नेतृत्वमा २०५२ फाल्गुण १ गते सुरु गरिएको जनयुद्धमा सिन्धुली जिल्लाले पुर्वको रोल्पाको रुपमा भुमीका निर्वाह गरेको माओवादीको दाबि छ । जनयुद्धको क्रममा सिन्धुलीमा माओवादीका केन्द्रीय नेतृत्व शेरमान कुँवर, मोहनचन्द्र गौतम लगायत १७५ भन्दा बढी संख्यामा आफ्नो नेता तथा कार्यकर्ता गुमाएको छ भने १ दर्जन बढी कार्यकर्ता अहिले पनि बेपत्ता अवस्थामा छन । 
शान्तिप्रक्रियासँगै माओवादीको केन्द्रीय तहमा आएको विभाजनले जिल्लामा पनि जनयुद्धधाराको माओवादी शक्तिलाई विभाजित बनाएको छ । जनयुद्धबाट स्थापित जिल्लाका नेता सिपी गजुरेल वैद्य नेतृत्वको माओवादीमा छन भने हरिबोल गजुरेल माओवादी केन्द्रको नेतृत्वमा छन । त्यस्तै अर्का स्थापित नेता गंगा नारायण श्रेष्ठ बावुराम भटराई नेतृत्वको नयाँ शक्तिमा क्रियाशिल छन । विप्लब नेतृत्वको माओवादीमा जिल्लाका प्रभावशाली नेतृत्व नभए पनि जनयुद्धधाराका केहि कार्यकर्ताहरु उक्त पार्टीमा लागेका छन । 
जनयुद्ध लडेर आएका नेता मध्ये हरिबोल गजुरेल चुनाब जितेर कृषि मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन भने शहीद शेरमान कुँवरको जिवनसंगीनी निरु दर्लामी संसद बनिसकेकी छिन । गंगा श्रेष्ठले पुर्व प्रधानमन्त्री बावुराम भट्राईको प्रमुख स्वकीय सचिबको भुमीका निर्वाह गरिसकेका छन । सिपी गजुरेलले पनि संसद बनेर भुमीका निर्वाह गरिसकेका छन । जनयुद्ध धाराबाटै आएका जिल्लाका अर्का नेता गोपी बहादुर आछामी मोरङबाट चुनाब जितेर राज्यमन्त्रीको भुमीका निर्वाह गरिसकेका छन । 







, ,

0 comments

Write Down Your Responses