Powered by Blogger.
भुकम्प पिडितलाई निःशुल्क व्यूटीसियन तालिम


सिन्धुली, २७ माघ । युएसएआईडीको सहयोगमा सञ्चालित सबल परीयोजनाको अगुवाई तथा युसेप नेपाल र सामाजिक विकासका लागी महिला जागरण, सिन्धुलीको सयुक्त आयोजनामा जिल्लाका २१ गाविसका भुकम्प पिडित परिवारका महिला सदस्यहरुलाई निशुल्क व्यूटिसियन तालिम बिहिबारबाट सिन्धुलीमाढीमा सुरु भएको छ । 
२१ गाविसका २० जना महिलाहरु सहभागी रहेको उक्त तालिमको उदघाटन समारोहमा सबल परीयोजनाका सुक्रराज पौडेल, सुवास घिमिरे, युसेपका फडिन्द्र तामाङ, लाल बहादुर बुढाथोकी, सामाजिक विकासका लागी महिला जागरण सिन्धुलीका कोषाध्यक्ष संजित कार्की, जिविसका सुदिप केसी लगायतको उपस्थिती रहेको थियो । 
दैनिक ६ घण्टाको दरले ५२ दिन सम्म चल्ने उक्त व्यूटिसियन तालिममा प्रशिक्षक सुनिता माझी र नेहा श्रेष्ठले सहभागीलाई तालिम प्रदान गर्ने जनाइएको छ । तालिममा सहभागीहरुलाई परीक्षा पछि प्राविधिक प्रशिक्षण केन्द्रको लेबल वानको प्रमाणपत्र प्रदान गर्ने जनाइएको छ । 


, ,

0 comments

Write Down Your Responses