Powered by Blogger.
फागुन १ गतेबाट सिन्धुली अस्पतालमा निशुल्क गर्भपतन सेवा



राजन गाउँले
सिन्धुली २७, माघ । सिन्धुलीका अधिकाशं महिलाहरुले अझै असुरक्षित गर्भपतन गर्ने गरेको पाइएपछि सिन्धुली अस्पतालले आगामी फागुन १ गतेबाट निशुल्क सेवा प्रदान गर्ने भएको छ । 
असुरक्षित गर्भपतनले ज्यानै जान सक्ने भएपछि सिन्धुली अस्पताले पिडितहरुको लागि निशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालन गर्न लागेको हो । 
‘पत्रिकामा समाचार आएपछि अत्यन्त दुःख लाग्यो, त्यस लगत्तै अस्पताल व्यवस्थापन समितिको बैठक बसि आगामी फागुन एक गतेबाट सबैप्रकारका गर्भपत सेवा निशुल्क सिन्धुली अस्पतालबाट हुने ब्यवस्था मिलाइएको छ,’ अस्पतालकी मेडीकल सुपरिटेण्डेन डाक्टर सुमित्रा गौतमले बताइन् ।
जिल्लाका अधिकांश महिलाहरु दक्ष चिकित्सकको सल्लाह बिनानै आफू खुशी औषधी खाने र घरेलु जडीबुटीको प्रयोग गरी असुरक्षित गर्भपतन गराउने गर्दा ज्यानैसम्म जाने गरेको थियो ।  
जिल्लाका ग्रामिण क्षेत्रदेखी सदरमुकाम भित्रकै पनि अधिकांस महिलाहरु मेडिकलमा गएर औषधी खाने र बिना सुचिकृत अस्पतालमा गएर गर्भपतन गराउने गरेका थिए । मेडिकल तथा निजी अस्पतालमा गएर गर्भपतन गराउँदा मोटो  रकम खर्च हुनुका साथै असुरक्षित समेत हुने पिडितको गुनासो छ ।  
जिल्लामा आफुखुसी औषधी सेवन पछि ज्यानै जोखीममा परेपछि उपचारका लागि सिन्धुली अस्पतालमा आउने गरेका छन् । ‘एक सातमै विस देखी २५ जनासम्म महिलाहरु गर्भपतनपछिको जोखीम लिएर अस्पतालमा उपचार गर्न आउने गरे पछि सिन्धुली अस्पताल भित्रै निशुल्क शुरक्षित गर्भपत सेवा सुरु गर्न परेको हो,’ उनले थपीन् । 
डाक्टर गौतमका अनुसार यस्ता महिलाहरुमा गर्भ राम्रोसित नझरेर बच्चाको आधा भाग भित्रै रहने, पाठेघर पाक्ने, धेरै रगत बग्ने जस्ता समस्याहरु देखा पर्ने गरेको छ । जिल्लामा गर्भपतनका लागि नेपाल सरकारद्धारा सुचिकृत अस्पताल सिन्धुली अस्पताल मात्र हो ।


,

0 comments

Write Down Your Responses