वडा नम्बर ६ साक्षर घोषणा

सिन्धुली २७, माघ । ‘पूर्ण साक्षरता सबैको इच्छा, निरन्तर शिक्षा हाम्रो सदिच्छा,’ भन्ने मुल नाराका साथ कमलामाई नगरपालिका वडा नम्बर ६ लाई बिहिबारबाट साक्षर वडाका रुपमा घोषणा गरिएको छ ।
बिहिबार सिन्धुलीमाढी स्थित गौमती नमुना उच्चमाविमा आयोजीत एक कार्यक्रमका विच वडालाई सतप्रतिशत साक्षर वडा घोषणा गरिएको हो ।
कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत जगतप्रसाद भुषालले ब्यानर पढेर ६ नम्बर वडा सतप्रतिसत् साक्षर भएको घोषणा गरेका हुन् ।
जिल्लाका राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनीधि, वडा नागरीक मन्च, वडाका कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थितीमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कार्यकारी अधिकृत भुषालले नगरको वडा नम्बर ६ बिहिबारबाट पूर्ण साक्षर घोषणा भएको भन्दै वडाको विकास र परिवर्तनमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।
यस्तै नेपाली कांग्रेसका प्रतिनीधि विजय कुवार, एमालेका गोकर्ण सुवेदी नयाँशक्ति नेपालका दिपेश विक्रम थापा, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष शान्ता पाख्रिन, वडानागरीक मन्चका संयोजक जनक तोलाङ्गे, गौमती माविका प्रअ दिलबहादुर कट्वाल लगायतले मन्तव्य राखेका थिए ।
वडा सचिव कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रको संचालन नगरपालिकाका उज्ज्वल थापाले गरेका थिए ।
0 comments
Write Down Your Responses