Powered by Blogger.
सिन्धुलीमा स्थानीय चुनावमा उम्मेदवारका आकांक्षि धेरै



राजन गाउँले
सिन्धुली १३, चैत । स्थानीय निकायको चुनाव नजिकिएसंगै जिल्लामा प्रमुख तथा साना राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु चुनावको तयारीमा जुटेका छन् ।
उनिहरुले दैनिकरुपमा चुनावलाइ लक्षित गर्दै आमसभा, गोष्ठी तथा भेटघाटलाई तिव्रता दिएका छन् । 
जिल्लामा स्थानीय निर्वाचनको लागि नगर र गाउँपालिकामा आआफ्ना पार्टीबाट नगर तथा गाँउपालिका प्रमुख तथा वडा र अन्य सदस्य पदहरुमा उमेद्वारी बन्नेहरुको आकांङ्क्षीहरु धेरै देखिएका छन् ।
जिल्लामा चोक चोकमा गाँउपालीका तथा नगरपालीकामा जिल्लाका ठुला राजनितिक दलवाट सम्भावित उम्मेदवारहरुको नाम चर्चा हुन थालेको छ, भने कतिपयले  स्वघोषित रुपमै उम्मेदवार वन्ने आसय सहितको अभिव्यक्ति सामाजीक सन्जाल मार्फत सार्वजनिक गर्न थालिसकेका छन् ।
जिल्लाको सदरमुकाम केन्द्रीत कमलामाई नगरपालीकामा नेपाली काँग्रेस,  एमाले, माओवादी केन्द्र, नयाँ शक्ति तथा राप्रपा वाट चुनाउमा उठ्ने उम्मेदवारहरुको चर्चा स्वयम घोषणा गर्नेदेखि मतदाताहरुले चिया पसल तथा सार्वजनिक चौतारोमा वसेर आँकलन गर्न थालेका छन् । यस्ता नगर र गाउँपालिकाहरमा एउटै पार्टीबाट एक भन्दाबढी उमेद्वारका आकांङ्क्षीहरु भएपछि पार्टीभित्र आन्तरीक रुपमानै उम्दवार तय गर्न समस्या देखिएको छ ।
कमलामाई नगरपालीकामा नेपाली काँग्रेसको तर्फवाट मेयरमा सम्भावित व्यक्तीहरुमा  उपेन्द्र पोखरेल,दिपक घिमिरे तथा मीनवहादुर श्रेष्ठको नाम चर्चामा छ । त्यसै गरी नेकपा एमाले वाट सम्भावित मेयरको उम्मेदवारमा खड्ग खत्रि, विनोद खड्का र महेन्द्रदेव श्रेष्ठको नाम मतदाताहरुले लिन थालेका छन् । त्यसै गरी माओवादी केन्द्रवाट माओवादी जनयुद्धमा वेपत्ता पारिएका चित्रनारायण श्रेष्ठकी श्रीमती सावित्रा श्रेष्ठ, डा.विमल थापा, अम्वरदीप देवकोटाको नाम चर्चामा आएको छ । यसै गरी नयाँ शक्ति पाटी नेपाल वाट वन्दना सुवेदीको नाम चर्चामा आएको छ भने राप्रपा वाट उज्वलविक्रम थापाको नाम सार्वजनीक रुपमानै चर्चामा ल्याइएको छ ।  
   त्यसै गरी गोलन्जोर गाँउपालीकामा चर्चामा रहेका अध्यक्षहरुमा नेपाली काँग्रेसवाट लेखवहादुर वस्नेत, सुमन कोइराला, सरद आचार्य, पुस्प कार्की छन् ।  नेकपा एमालेवाट शिक्षक टिकाप्रसाद देवकोटा, नारायण वराल तथा शंकर वरालको नाम चर्चा गर्न थालिएको छ । त्यसै गरी माओवादी केन्द्रवाट गोलन्जोर गाँउपालीकामा अध्यक्षको लागी ज्वालाप्रसाद न्यौपाने, केपी पोखरेलको नाम चर्चामा आएको छ । यसै गरी फिक्कल गाँउपालीकामा अध्यक्षमा टिकट पाउने सम्भावित उम्मेदवारहरुमा नेपाली काँग्रेसवाट मोहनवहादुर कार्की, रामकुमार पहाडी, नृप भुजेल र यादव खत्रीकाे नाम चर्चामा भएपनि वलियाे  उम्मेदवार भने कार्कि रहेकाे स्राेतले जनाएकाे छ । नेकपा एमालेवाट धनबहादुर कार्की ,टेकवहादुर रजन र केशव पहाडीको नाम लिन थालीएको छ । यसै गरी माओवादी केन्द्रवाट धिरज रजन मगरको नाम चर्चामा रहेको छ ।
तिनपाटन गाँउपालीकामा वैशाक ३१ गते हुने चुनावी महाभिडन्तमा अध्यक्षको लागी नेपाली काँग्रेसवाट काँसीनाथ दाहाल, विश्वनाथ कोइराला, कर्णवहादुर थापाको नाम चर्चामा छ । नेकपा एमालेको तर्फवाट प्रह्लाद पोखरेल र छत्रवहादुर दाहालको नाम चर्चामा रहेको छ । नेकपा माओवादी केन्द्रको तर्फवाट अध्यक्षमा पुर्व जनसरकार प्रमुख अशोक पुलामी मगर, गम्भीरसिंह तामाङ, उद्धव दाहाल तथा दिनेश रमौली मगरको नाम चर्चामा छ । 
 ध्याङलेख गाँउपालीका अध्यक्षमा चर्चामा रहेका तिन ठुला राजनितीक दलका सम्भावित अध्यक्षका उम्मेदवारहरुमा नेपाली काँग्रेसवाट उत्तरकुमार वाइवा र जगतवहादुर भोलन नेकपा एमालेवाट धनवहादुर तामाङ र माओवादी केन्द्रवाट विजय थिङ, डिवि स्याङतान र शंकरमान घलानको नाम चर्चामा रहेको छ ।  मरिण गाँउपालीका मा चर्चामा रहेका अध्यक्षका दावेदारहरुमा क्रमश नेपाली काँग्रेसवाट कान्छामान वल, सरोज मैनाली, नेकपा एमालेवाट गोविन्दलाल माझी, नेकपा माओवादी केन्द्रवाट पानीराज वम्जनको नाम चर्चामा रहेको छ । हरिहरपुर गढी गाँउपालीका मा सम्भावित अध्यक्षहरुमा क्रमश नेपाली काँग्रेसवाट गौरीशंकर राई, वमवहादु स्याङवा,हर्ष श्रेष्ठ र कविन्द्र घलान,नेकपा एमालेवाट मानवहादुर वाईवा र हिरा लामाको नाम चर्चामा रहेको छ । यस्तै माओवादी केन्द्रवाट विल वम्जन, चन्द्रवहादुर राई, वावुराम राई, ज्ञानवहादुर राई, कारसाङ लामाको नाम अग्रपंतिमा रहेको छ ।

जिल्लाको अर्को नगरपालीका दुधौली नगरपालीकामा नेपाली काँग्रेसवाट मेयर पदमा उठ्ने सम्भावित उम्मेदवारहरु गंगा दाहाल, मोहन शाहि ठकुरी, शिक्षक प्रेम भट्टराईको नाम चर्चामा लिन थालिएको छ । यसै गरी नेकपा एमालेवाट घनश्याम राउत, लक्ष्मण कार्कीको नाम चर्चामा रहेको छ । नेकपा माओवादी केन्द्रवाट दिनेश अधिकारी दनुवार, मातृका भट्टराई को नाम चर्चामा रहेको छ । सुनकोशी गाँउपालीकामा नेपाली काँग्रेसको तर्फवाट अध्यक्षमा कपिल कोइराला,वावुराम भट्टराईको नाम चर्चामा रहेको छ । नेकपा एमाले वाट रामकृष्ण श्रेष्ठ, कौसल कोईरालाको नाम गाँउपालीका अध्यक्षको लागी चर्चा गरिएको छ । त्यसै गरी सुनकोशि गाँउपालीकामा माओवादी केन्द्रवाट अध्यक्षमा दिपा वोहोराको नाम चर्चा आएको छ ।
यस्ता उमेदवारहरुको आकांङ्क्षीहरुलाई हेर्दा जिल्लाका ठुला राजनीतिक दलहरुलाई आफ्ना उमेदवारको चयन गर्दै टिक दिनेकुरा निक्कै सकस हुने देखिएको छ । एमालेले माथीबाटै उमेदवारहरु छनौटका लागि कार्यविधि बनाएको छ भने, कांग्रेस माओवादी केन्द्रले आन्तरीक गृहकार्य गरेर आकांङ्क्षीहरु मध्यबाट मिलाएर लैजाने जनाएका छन् ।




, ,

0 comments

Write Down Your Responses