Powered by Blogger.
लोक गायक नविन पौडेललाई ‘राष्ट्रिय सम्मान’


राजन गाउँले
सिन्धुली १३, चैत्र । लोक तथा दोहोरी क्षेत्रका चर्चीत गायक नविन पौडेललाई नुर गंगा प्रतिभा पुरुस्कार गुठिले नगद रु ३० हजार रासी सहित ताम्रापत्रले सम्मान गरेको छ ।  
लोक संगितमा योग्दान पु¥याए बापत नुर गंगा लोेक गायन स्थापित प्रतिभा गुठीले राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी पुर्ब प्रधानमन्त्री एबम साहित्यकार लोकेन्द्र बहादुर चन्द र सस्थाका संरक्षक अमिर प्रताप जबरा ले ताम्रपत्र र नगद ले सम्मान गरेका थिए । गायक पौडेल करिब २ दशक देखी नेपाली लोक संगीतमा सक्रीय छन् ।
समाजका कुरीति बिसंगती घटना परिघटना यर्थाथ परक कुराहरुलाइ जस्ताको त्यस्तै उतार्न माहिर पौडेलले यस अघि दर्जनौ यर्थाथ परक एल्बमहरु बजारमा निकालेका छन् ।
“यूवा पलायन भैदिएभने देश धान्ने कल्ले हो,राज्यले बुझोस यो देश धान्ने यूवाकै बलले हो ।’ ‘हरेक जात जाति छौ नानाथरि मिलेर बसौ यहि जन्मभूमि छ स्बर्ग सरी’जस्ता चर्चीत राष्टभावले भरीएका लोक दोहोरीबाट दर्शको मन छुन सफल पौडेल नेपालको मेचि देखि महाकाली सम्मका मेला महोत्सबमा अत्यन्तै बेस्त र दर्सक सो्रताको रोजाइमा पर्ने लोकगायक मध्यका एक हुन् । 
“के सम्झनु छर जान्न मत त्यो घर“ “यस्तै हुन्छ भन्नेभा“ “म परेँ पाल्पाको“ “दुखका दिन गए“ “नया पार्टी खोल्छु“ लगायतका चर्चित गीत गायर उनले स्टेजमा गइसकेपछि सबैको वाह वाह पाउछन् र छमछमि नचाउछन् । 
पौडेलले नेपालमा मात्र होइन जापान,दुवई, मलेसिया, सिंगापुर, बंगलादेश लगायतका अन्तराष्टमा गएर पनि त्यहा रहेका नेपालीहरको मन जितिसकेका छन् । 
अन्तराष्ट्रिय कलाकार मञ्चका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, राष्ट्रिय लोक दोहोरी प्रतीस्ठान नेपालका पुर्व केन्द्रिय सदस्यसमेत रहेका पौडेलले आफु सम्मानीत हुन पाएकोमा अत्यन्त गौराम्वीत भएको बताउँछन् । 
उनले अन्नपूर्णसंग भने, ‘यो सम्मानले नेपाली लोक दोहोरी क्षेत्रमा सामाजिक विकृती र विसंगीतका विरुद्ध आफ्ना आवाजहरु खुल्ला रुपमा प्रस्तुत गर्न थप हौसला मिलेको छ ।’


,

0 comments

Write Down Your Responses