Powered by Blogger.
जानि राखौं, लसुनको बोक्राको १० चमत्कारिक फाइदा

लसुन जस्तै यसको बोक्रामा पनि एन्टी ब्याक्टेरियल, एन्टी भाइरल र एन्टी फंगल गुण हुने गर्दछ । यसमा एलिसिन कम्पाउन्ड हुन्छ जुन स्वास्थ्यको लागि निकै फाइदाजनक छ । लसुनको बोक्रालाई पिसेर छालामा लगाउँदा पनि थुप्रै फाइदा हुने गर्दछ । नेशनल इन्सिटच्युट अफ आयुर्वेद, जयपुरका सह–प्राध्यापक डा. सि आर यादवले लसुनको बोक्राका १० प्रयोगबारे जानकारी दिँदैछन् ।

(नोटः लसुनको बोक्रलाई कटेर पानीमा उमालेर प्रयोग गर्नुहोस् । यसलाई धेरै दिनसम्म फ्रिजमा राख्दा यसको पोषणमा कमी आउँछ । त्यसकारण ताजा लसुनको बोक्रालाई प्रयोग गर्नु फाइदाजनक हुन्छ । )

लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो गरेर कपाल धुनुहोस् । यसले कपाल झर्ने समस्या जरैदेखि उखेल्छ ।

लसुनको बोक्रालाई सूप वा चिकेट स्टक बनाउने बेला त्यसमा मिसाउनुहोस् । यसले स्वाद बढाउँछ ।

लसुनको बोक्रालाई पिसेर डण्डिफोरमा लगाउनुहोस् । यसमा पाइने एन्टी अक्सिडेन्ट र एन्टी ब्याक्टेरियल गुणले डण्डिफोर ठिक गर्न सहयोग गर्दछ ।

लसुनको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यसलाई छानेर पिउँदा रुघा–खोकीबाट राहत मिल्छ ।

लसुनको बोक्रालाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई मनतातो बनाएर त्यसमा केही बेरसम्म खुट्टा राख्नुहोस् । यसो गर्दा खुट्टा सुन्निएको छ भने हट्छ ।

लसुनलाई पिसेर यसमा मह मिसाउनुहोस् । यसलाई बिहान बेलुका खाँदा दमको  असर कम हुन्छ ।

लसुनको बोक्रालाई पेष्ट बनाउनुहोस् । यसमा कागतीको रस मिसाएर कपालको जरामा लगाउँदा जुम्रा हराउँछ ।

लसुनको बोक्रलाई एक प्यानमा तातो बनाएर त्यसको पाउडर बनाउनुहोस् । यसमा जैतुनको तेल मिसाएर कपालमा लगाउँदा कपालको रङ कालो हुन्छ ।

यसको बोक्रलाई पानीमा हालेर उमाल्नुहोस् । यो पानीलाई चिसो गरेर बोटबिरुवामा हाल्दा चाँडै बढ्छ ।

लसुको बोक्रलाई पिसेर छालामा लगाउँदा दाद, चिलाउने समस्याबाट राहत पाइन्छ ।


,

0 comments

Write Down Your Responses