फिटनेस मन्त्रः बिहान कसरी दौडने ?

– बिहान उठेर मन तातो पानी पिउने । शौच क्रिया सकेपछि मात्र दौडनका लागि तयार हुनुपर्छ ।
– दौडनुअघि शरीरलाई दाँया-वाँया मर्काउने, हात खुट्टा चलाउने जस्ता गतिबिधी गरौं ।
– दौडको प्रारम्भ धिमा गतिमा गर्नुपर्छ । बिस्तारै र हल्कासँग दौडने अभ्यास गरौं ।
– अरुको देखासेखीमा छिटो दौडने प्रयास नगरौं ।
– सुरुको पाँच मिनेट धिमा गतिमा र बाँकी पाँच मिनेट तिब्र गतिमा दौडने अभ्यास गर्नुपर्छ ।
– दौडने क्रममा आफ्नो श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अभ्यास गर्नुपर्छ । तर, यो सुरुवाती दिनहरुमा गर्न सकिदैन, बिस्तारै अभ्यास गर्दै जाने हो ।
– दौडने क्रममा लामो सास लिने, एक सेकेन्ड रोक्ने र छाड्ने । यो क्रम केहि समय दोहोर्याउन सकिन्छ ।
– दौड्ने क्रममा आफ्नो पैतलाको चाल सुन्नुहोस् । यदि त्यो आवाज सुनिन्छ भने तपाई जोड-जोडले दौडनु भएको बुझिन्छ, आफ्नो खुट्टाको प्रयोग कोमलतासँग गर्नुहोस् ।
– दौडनका लागि एकदमै सजिलो जुत्ता लगाउनुपर्छ । पहिरन हल्का र खुला हुनुपर्छ ।
– दौडनु सुरु गरेको हरेक दश मिनेटमा थोरै पानी पिउने ।
– २०, ३० मिनेट दौडिएपछि केहि प्रोटिनयुक्त खानेकुरा सेवन गरौं ।
– दश-पन्ध्र मिनेट दौडिएपछि जगिङ सुरु गर्न सकिन्छ ।
0 comments
Write Down Your Responses