Powered by Blogger.
बसेलद्धारा एम्बुलेन्स खरीदका लागी १० लाख प्रदान

सिन्धुली, २७ चैत्र । कमलामाई नगरपालिका–६ का समाजसेवी तथा व्यवसायी बेल बहादुर बसेलले आफ्नो स्वर्गीय बुवा हर्क बहादुर बसेल र आमा छलिमायाँ बसेलको स्मृति र सम्मानमा नेपाल रेडक्रश सोसाइटी सिन्धुली शाखाद्धारा सञ्चालन हुने गरी एम्बुलेन्स खरीद गर्न १० लाख रुपैयाँ प्रदान गरेका छन । 
ब्यवसायसँगै समाजसेवामा समेत क्रियाशिल बसेलले आइतबारबाट सिन्धुलीमाढीमा सुरु भएको नेपाल रेडक्रश सोसाइटी केन्द्रिय सभाको ४६ औं महाधिवेशन  अवसर पारेर एम्बुलेन्स खरीदका लागी जिल्ला शाखालाई १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन । 
बसेलले दश लाख रुपैयाँको चेक सभामुख ओन्सरी घर्तिमगर तथा प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्की मार्फत रेडक्रश सिन्धुली शाखाका अध्यक्ष अशोक श्रेष्ठलाई प्रदान गरेका छन । 
रकम हस्तान्तरणको क्रममा बोल्दै बसेलले आफुलाई जन्मदिने आमावुवाको सम्झना र सम्मानमा एम्वुलेन्स खरीद गर्न रकम प्रदान गरिएको बताए । उनले एम्बुलेन्स अभावकै कारण आफुलाई जन्मदिने बुवाको एपेन्डीक्सको कारण मृत्यू भएको स्मरण गर्दै आगामी दिनमा आफ्नो बुवा जस्तै सवै नेपालीहरुले एम्वुलेन्स अभावका कारण ज्यान गुमाउन नपरोस भनि एम्वुलेन्स खरीद गर्न सहयोग गरेको बताए ।
सामान्य दलित परीवारमा जन्मीएका बसेल डाडीगुरासे गाविसबाट २०४८ सालमा सदरमुकाम प्रवेश गरेका थिए । हाल उनले सिन्धुलीमाढीमा सवैभन्दा गुणस्तरीय होटल तथा लज संगम पाहुना घर सञ्चालन गरिरहेका छन । बावुआमाले फुल फुल्ने बगैचामा पानि हाल्नु भन्ने सन्देश दिने गरेको स्मरण गर्दै बसेलले मानवीय सेवामा क्रियाशिल रेडक्रश मार्फत एम्वुलेन्स सञ्चालनका लागी सहयोग प्रदान गरेको बताए । उनको बावुको २०५६ र आमाको २०६० सालमा मृत्यू भएको थियो । 





0 comments

Write Down Your Responses