Powered by Blogger.
आधादर्जन पोल ढलेपछि गाउँनै अध्यारोमा

सिन्धुली ३०, चैत्र । झण्डै सात  वर्ष अघि निर्माण गरिएको विद्युतको काठेपोल भाँचिदा कमलामाई नगरपालिका ५ सिन्धुलीको झण्डै आधावडा दुई दिनदेखि अन्धकारमय भएको छ । मंगलबार दिउसो अबेर एकै पटक आठ ओटा काठको पोल ढलेपछि विद्युत बन्द भएको हो । 
स्थानीयको पहलमा ग्रामिण विद्युतीकरण परियोजना अन्तरगत निर्माण सम्पन्न गरिएका काठे पोलहरु जिर्ण भएर ढलेपछि जरायोटार, ढाक्रेवास, संगमटोल, विश्वकर्माटोल, सिलामे, साखाजोर लगायतका टोलमा विद्युत सेवा बन्द भएको समितिका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले बताउँनु भयो । 
लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएको विद्युत सेवा अबरुद्ध हुँदा ६ वटा टोलका झण्डै चारसय घरधुरी दुई दिनदेखि अन्धकारमय भएको उहाँको भनाई छ ।
विद्युत प्राधिकरण संगको समझदारीमा स्थानीयको जनशसभागितामा उक्त वडामा ग्रामिण विद्युतीकरण परियोजना सञ्चालन गरिँदै आएको छ ।
विद्युतको आधादर्जन भन्दाबढी पोल एकै साथ ढलेका छन् । अन्य करिव चार सयवटा पोलहरु उस्तै जिर्ण अवस्थामा छन् । यसलाई मर्मत गर्न र नयाँ पोल परिवर्तन गर्न समितिसंग पैसा छैन् । विद्युतको पोलहरु एक पछि अर्को ढलेपछि गाउँनै अन्धकारमय हुने भएका छन् ।
उक्त आयोजनाका झण्डै चारसय वटै काठको पोल परिवर्तन गर्नु पर्ने हुन्छ । विद्युत प्राधिकरणसंगको सम्झौता अनुसार ग्रामिण विद्युती करण भएको सबै क्षेत्रको रेखदेख, मर्मतसम्भार सबै उक्त समितिलेनै गर्नु पर्ने सहमति रहेको छ ।
मंगलबार ढलेका आठवटा पोलहरु मर्मतका लागि बुधबार विहानै बाट थालीएको भएपनि प्राविधिक समस्यासंगै बैकल्पीका पोल नहुँदा समस्या भएको स्थानीय दिपक विश्वकर्माले बताउँनु भयो । 
सातवर्ष अघि सामुदायिक वन उपभोक्ता समिति र स्थानीयको लागतमा खरिद गरिएका काठको पोलहरु सबै कुहिएर जिर्ण बनेका छन् । वर्षातको समयमा त झनै सबै पोलहरु ढल्ने खतरा छ । समान्य हावाहुरी आउँदा पनि पोल ढल्ने, ट्रान्समिटर पड्कने, तारहरु जोध्दा आगलागी हुने उपभोक्ताको, विद्युतीय उपकरणहरुमा क्षेती पुग्ने गरेको समितिका सचिव तेजबहादुर रानामगर बताउँछन् । 


, ,

0 comments

Write Down Your Responses