Powered by Blogger.
हेर्नुस माओवादी केन्द्रबाट सुनकोशी गाउँपालिकामा वडा अध्यक्षका आकाक्षीहरु



सिन्धुली, ३१ चैत्र । नेकपा(माओवादी केन्द्र) सुनकोशी गाउँपाालिकाका सवै वडा कमिटीहरुले आफ्नो वडाबाट वडा अध्यक्ष पदका आकाक्षी उमेदवारहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गर्ने काम सकिएको जनाएको छ । पार्टीको वडा भेला तथा वैठक मार्फत उमेदवार सिफारिसको काम सकिएको माओवादी केन्द्र सुनकोशी गाउँपालिकाले जनाएको छ । सात वडा वडाहरु मध्ये ५ वटा वडामा सर्वसम्बत रुपमा एक जनाको नाम वडा अध्यक्षमा सिफारिस गरिएको छ भने २ वटा वडाहरुमा तिन/तिन जनाको नाम सिफारिस गरिएको छ । माओवादी केन्द्रको उमेदवार छनौट कार्यविधी अनुसार वडा अध्यक्ष तथा सदस्यहरुको उमेदवारी सिफारिस वडा कमिटीले गर्ने र गाउँपालिकाले निर्णय र जिल्ला कमिटीले अनुमोदन गर्ने कार्यविधी रहेको जनाइएको छ । 
हेर्नुस सिफारिस भएका वडा अध्यक्षका आकाक्षीहरुको नामावली 
वडा नं.१ - शमशेर तामाङ्ग
वडा नं.२ -डिल बहादुर ट्याङले 
वडा नंं ३ - जनक पौडेल
वडा नं.४ - ज्ञानध्वज लामा 
वडा नं.५ - बद्रि बहादुर दाहाल, संकर बसेल, सन्तोष दाहाल 
वडा नं.६ - विष्णु बहादुर थापा, कर्ण बहादुर थापा, प्रकाश बराल 
वडा नं.७ - लाल बहादुर गोले 


, ,

0 comments

Write Down Your Responses