Powered by Blogger.
स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अपिल



काठमाडौं । अगामी बैशाख ३१ गते हुन लागिरहेको स्थानीय निर्वाचनमा बालबालिकाको प्रयोग पूर्णरुपमा निषेध गरिनु पर्ने माग राख्दै १३ वटा संघ–संस्थाले सयुक्त वक्तव्व जारी गरेका छन् । बाबबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ–नेपाल (सीएनएफएन) को अगुवाईमा भएको सो कार्यक्रममा घोषित स्थानीय तहको निर्वाचन पूर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्यात बालबालिका प्रयोग नगर्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गराइएको हो ।निर्वाचनको मिति तय भइसकेको तथा निर्वाचन आयोगले निर्वाचन सम्बन्धि आचारसंहिता जारी गरिसकेको अबस्थामा उनीहरुको प्रयोग गरिए बालअधिकार विरुद्ध हुने विभिन्न एक दर्जन संघ–संस्थाका प्रतिनिधिअरुले जिकिर गरे ।
कार्यक्रममा सीएनएफएनका अध्यक्ष मनोजकुमार कँडेलले नेपाल सरकार र मुख्य राजनीतिक दलहरुले बालबालिका र विद्यालयलाई शान्ति क्षेत्रका रुपमा स्वीकार गरी कुनैपनि राजनैतिक गतिविधिमा बालबालिकालाई संलग्न नगर्ने तथा विद्यालयलाई राजनैतिक थलोको रुपमा प्रयोग नगर्न बालबालिकाका निमित्त गैरसरकारी संस्थाहरुको महासंघ नेपालसमक्ष विगतमा लिखित प्रतिबद्धता गरिसकेको स्मरण गराएका थिए । कार्यक्रममा निजि तथा आवसीय विद्यालय एसोसिएसन नेपालका उपाध्यक्ष सूर्यबहादुर अधिकारीले यो अभियान कोठा अभियान नभई राष्ट्रिय अभियान भएको बताए । उनले भने,‘यो अभियानले सकारात्मक बनाउन सञ्चारमाध्यामको ठूलो भूमिका हुन्छ । बालबालिकाको प्रयोग गरी हुने कुनैपनि त्यस्ता अवैध गतिविधिलाई न्यूनिकरण गर्न समाजमा सबैले भूमिका खेल्नुपर्छ ।’ विभिन्न बहानामा १६ बर्ष मुनिका बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न नुहने तर्क बालबालिका खोजतलास समन्वय केन्द्रका प्रमुख डीएसपी विश्व खड्काले राखे । 
सीएनएफएनका अध्यक्ष कँडेलले विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढााचा र कार्यान्वयन निर्देशिका, २०६८ एवम् विद्यमान निर्वाचन आचारसंहिताले तोकेका प्रावधान अनुसार घोषित स्थानीय तहको निर्वाचन पुर्व, निर्वाचन अवधिभर र निर्वाचन पश्यात बालबालिकाको प्रयोग नगर्न राजनीतिक दल र तिनका भातृ तथा भगिनी संस्थाहरुलाई आग्रह समेत गरे । साथै निर्वाचन तथा राजनीतिक गतिविधिका क्रममा बालअधिकार हनन् सम्बन्धि घटना घटे तत्काल छानबीन गरी दोषीउपर कानूनी कारबाही गरिनु पर्ने संस्थाका प्रतिनिधिहरुले माग गरेका थिए । कार्यक्रममा बालबालिका खोजतलास समन्वय केन्द्र, बाल बिकास समाज, बाल गृहहरुको महासंघ नेपाल, अभिभावक संघ नेपाल, अन्तर्राष्ट्रिय बाल संशाधन संघ नेपाल, राष्ट्रिय बाल क्लब सञ्जाल, नेपाल राष्ट्रिय अभिभावक संघ, बालबालिका, बन्दी तथा आश्रितका लागि कार्य समूह, राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, निजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल, बन्दी सहायता नेपाल र थैली नेपालले बालबालिकाको प्रयोग नगर्न सयुक्त रुपमा आव्हान गरेका थिए । 

निषेध क्रियाकलाप तथा गतिविधिहरु:
 विद्यालय परिसरभित्र कुनै पनि राजनैतिक सभा, सम्मेलन, वैठक, माइकिड, जुलुस, र्‍याली तथा धर्ना नगर्ने / नगराउने । 
 बालबालिकालाई निर्वाचन प्रचार(प्रसारसम्बन्धी कार्यमा प्रयोग नगर्ने, सभा, सम्मेलन, वैठक, र्‍याली, धर्ना तथा जुलुसमा प्रयोग नगर्ने /नगराउने ।
बालबालिकाले अध्ययन गर्ने विद्यालय तथा शैक्षिक संस्थाहरु बन्द नगर्ने / नगराउने ।
बालबालिकालाई विद्यालय जान र त्यस प्रयोजनको निमित्त प्रयोग गरिने सवारी साधनहरुको आगमनमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्ने/नगराउने । 
 दैनिक प्रयोग हुने अत्यावश्यक सामग्रीहरु (जस्तै: औषधि, खोप, शैक्षिक सामग्री/पाठ्यपुस्तक, आपतकालीन सहायता सामग्रीहरु, खाना तथा आवाससाग सम्बन्धित सामग्रीहरु) को आपूर्तिमा बाधा, ब्यवधान र अवरोध सृजना नगर्ने वा बन्द नगर्ने / नगराउने ।


0 comments

Write Down Your Responses