Powered by Blogger.
हेर्नुस नेकपा(एमाले)बाट गोन्जोर गाउँपालिकामा वडा अध्यक्षका आकाक्षीहरु



सिन्धुली, १ वैशाख । नेकपा(एमाले) गोलन्जोर गाउँपाालिकाका सवै वडा कमिटीहरुले आफ्नो वडाबाट वडा अध्यक्ष पदका आकाक्षी उमेदवारहरुको नाम माथिल्लो कमिटीलाई सिफारिस गर्ने काम सकिएको जनाएको छ । पार्टीको वडा भेला तथा वैठक मार्फत उमेदवार सिफारिसको काम सकिएको गोलन्जोर गाउँपालिकामा नेकपा(एमाले)को तर्फबाट गाउँपालिका अध्यक्षका आकाक्षी संकर बरालले जानकारी दिए । 
सात वडा वडाहरु मध्ये ५ वटा वडामा सर्वसम्बत रुपमा एक जनाको नाम वडा अध्यक्षमा सिफारिस गरिएको छ भने २ वटा वडाहरुमा दुइ÷दुई जनाको नाम सिफारिस गरिएको छ । नेकपा(एमाले)को उमेदवार छनौट कार्यविधी अनुसार वडा अध्यक्ष तथा सदस्यहरुको उमेदवारी सिफारिस वडा कमिटीले गर्ने र गाउँपालिकाले निर्णय र जिल्ला कमिटीले अनुमोदन गर्ने कार्यविधी रहेको जनाइएको छ । 
हेर्नुस सिफारिस भएका वडा अध्यक्षका आकाक्षीहरुको नामावली 
वडा नं.१ - कुन्जरमणी बराल
वडा नं.२ - राजकुमार रैका/डम्बर कार्की
वडा नंं ३ - भोज बहादुर सार्की/किशोर कार्की
वडा नं.४ - वेग बहादुर मगर
वडा नं.५ - डम्बर बस्नेत  
वडा नं.६ - हस्त बहादुर मगर 
वडा नं.७ -सुवास देवकोटा 


, ,

0 comments

Write Down Your Responses