Powered by Blogger.
सिन्धुलीमा दलित महिला उम्मेदवारको खडेरी, तनावमा दल


बुद्धकुमार आछामी 
सिन्धुली, १ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका राजनीतिक दलहरु उम्मेदवार छनोट र प्रचारप्रसारमा व्यस्त बनेका छन् । जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता भए पनि मुख्य गरी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन लक्षित कार्यक्रमलाई तीव्रता दिएका छन् ।
जिल्लामा दुई नगरपालिकासहित ९ स्थानीय तहमा निर्वाचन हुँदैछ । वडा अध्यक्ष तथा सदस्यहरुको सिफारिसको काम धमाधम गरिहेका दलहरुले वैशाखको पहिलो साताभित्र गाउँपालिका अध्यक्ष सहितको उम्मेदवारको नामावली सार्वजनिक गर्ने बताएका छन । 
प्रचारप्रसारलाई तीव्रता दिएका काग्रेस, एमाले र माओवादी केन्द्रले प्रत्येक गाउँतहमा भेला तथा प्रशिक्षण र निर्वाचन परीचालन समिति निर्माणको कामलाई तिब्र गतिमा अगाडि बढाईरहेका छन । उम्मेदवार छनोटका क्रममा दलित महिलाबाहेक अन्य पदका लागि आकाक्षी धेरै हुँदा समस्या भएको विभिन्न दलको भनाई छ ।
‘प्रत्येक वडामा एक दलित महिला सदस्य अनिवार्य गरिएको हुँदा स्वःस्फूर्त उम्मेदवार पाउन मुस्किल भएको छ’, एमालेका एक नेताले भने । निर्वाचन ऐन र नियमावली अनुसार प्रत्येक वडामा २ जना महिला उमेदवारहरुमा १ जना दलित महिला अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ तर राजनैतिक दलहरुमा क्रियाशिल दलित महिलाहरु नहुँदा दलहरुलाई समस्या उत्पनन् भएको छ । 


, ,

0 comments

Write Down Your Responses