Powered by Blogger.
ट्रयाक्टर दुर्घटनामा ४ गम्भीर घाईते



सिन्धुली, १ वैशाख । सिन्धुलीको फिक्कल गाउँपालिका–२(साविक पोखरी गाविस)को लुम्तीमा ट्रयाक्टर दुर्घटना हुँदा ४ जना गम्भीर घाईते भएका छन । 
मध्यपहाडी लोकमार्गको सुन्नामवेशीबाट फिक्कल गाउँपालिकाको चनौटेतर्फ जादै गरेको ना ३ च २०३६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक फिक्कल गाउँपालिका–३ का मदन श्रेष्ठ, फिक्कल गाउँपालिका–२ चण्डीभञ्ज्याङ्गकी मन्जु लुंगेली, सोही ठाउँकी इन्दिरा वोगटी र फिक्कल गाउँपालिका–२ कै तुलसा रानामगर गम्भीर घाईते भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षकले जानकारी दिए । अर्को एक निरा पाटामगर भने सामान्य घाइते रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार पछि घर पठाइएको र अन्य ४ जना गम्भीर घाईतेहरुलाई उपचारका लागी काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ । 
ट्रयाक्टर कच्ची सडकबाट झण्डै पाँच सयँ मिटर भन्दा तल पुगेको स्थानीयले बताएका छन । १ दर्जन भन्दा वढी मानिसहरु र केहि निर्माण सामाग्री लिएर उकालो बाटोमा हिडेको ट्रयाक्टर ब्रेक फेल भएर खसेको हुन सक्ने प्रहरीले अनुमान गरिएको छ । नयाँ वर्षको अवसरमा फिक्कल भ्यू टावरमा रमाइलो गर्न हिडेका स्थानीयहरु दुर्घटनामा परेको स्थानीयहरुले बताएका छन । 


,

0 comments

Write Down Your Responses