Powered by Blogger.
नयाँ वर्ष भुकम्प पिडितका लागि हर्ष न विस्मात


सिन्धुली १, बैशाख । नेपाली विक्रम सम्बत अनुसार शुक्रबार देश विदेशमा नयाँ वर्ष हर्षका साथ मनाइ रहेपनि दुई वर्ष अघि भुकम्पले घरबार सहित आफन्त गुमाएका पिडितहरुका लागि भने हर्ष न विस्मत भएको छ ।
झण्डै दुई वर्ष अघिको विनासकारी भुकम्पले ध्वस्ता निजी आवासहरु पुनर्निर्माणका लागि व्यस्त भुकम्प पिडितहरु भुकम्प पछिको दोस्रो नयाँ वर्ष पनि टहरो र त्रिपालमै विताउनुँ पर्दा नयाँ वर्षको कुनै रौनक नआएको बताएका हुन् ।
‘भुकम्पले आफन्त देखि सारा सम्पत्ती ध्वस्त बनायो । बैशाख महिना लागेपछि त्यही विनासकारी भुकम्पको याद आउँछ । नयाँ वर्ष आएपछि भुकम्पको त्रासले फेरी कहाली लाग्छ,’ कमलामाई नगरपालिका ५ सिलामेका इश्वरी श्रेष्ठले भन्नु भयो ।
२०७२ बैशाख १२ गतेको भुकम्पले घर भत्कदा श्रेष्ठले छोरी र नातीनी गुमाउनु परेको थियो । ‘सबै तिर नयाँ वर्ष लाग्यो भन्छन् । आफुलाई भने बैशाख महिना लागेपछि त्यहि भुकम्प कहाली लाग्दो अवस्थाले रुवाउँछ । छोरी र नातीको याद आउँछ । कसरी विर्षने र खुसी हुने,’ उहाँले भने ।
आफन्त गुमाएको दुई वर्ष हुँदासम्म सरकारले घर निर्माणमा दोस्रो किस्ता नदिँदा विचैमा छाडेर बसेका श्रेष्ठले दुई वर्षदेखि टहरामा बसेको परिवारमा चाडवाड नयाँ बर्षले दुई वर्षदेखि खुसी छाउँन नसकेको जनाए ।
श्रेष्ठ जस्तै जिल्लाका भुकम्प पिडितहरु नयाँ वर्ष मनाउने भन्दा पनि भुकम्ले गुमाउनु परेका आफन्तको स्मरण गर्दै ध्वस्त घरहरु पुनर्निर्माणमै व्यस्त भएका छन् ।
भुकम्प पछिका दिनहरु समस्या नै समस्यामा वितेको स्मरण गर्दै नयाँ वर्ष संगै भुकम्पले क्षेती पु¥याएको दिन पनि संगसंगै आउने भएपछि खासै उल्लास नभएको रानीचुरीका केशरबहादुर कार्कीको भनाई छ ।
क्यान्सर रोगबाट पिडित कार्की दम्पती वृद्ध छन् । ‘भएको एउटा घर भुकम्ले भत्केको दुई वर्ष हुँदासम्मपनि पुनर्निर्माण गर्न नसक्दा टहरामै बसेका कार्की दम्पती नयाँ वर्षले खुसी ल्याउने भएपनि संगसंगै भुकम्पको त्राससंगै आउने भएपछि खुसीको कुनै मतलब छैन्,’ उनले भने ।
नयाँ वर्षको खुसी भन्दा पनि भत्केको घर समयमा निर्माण गरि सक्नु पाय हुन्थ्यो भन्ने लागेको कार्की बताउँनु हुन्छ । सरकारले भत्केको घर निर्माणका लागि पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ दिएको भएपनि जिल्लाका भुकम्प पिडितहरुले दोस्रो र तेस्रो किस्ता दुई वर्षसम्ममा पनि वितरण नगर्दा पुनर्निर्माण थालिएको निजी आवासहरु अधुरै छन् । 
जिल्लामा ३४ हजार दुई सय ६९ घरपूर्ण रुपमा भुकम्पले ध्वस्त भएको थियो भने २० जनाको ज्यान जानुका साथै सयौं घाइते भएका थिए । 
यसरी ध्वस्त आवासहरु पुनर्निर्माणका लागि सरकारले तिनलाख रुपैयाँका दरले अनुदान दिने भनेको थियो । 
हालसम्म ३० हजार लाभग्राहीले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पाएपनि जिल्लामा एक सय ५० जना बाहेकले हालसम्म दोस्रो किस्ता रकम पाउन सकेका छैनन् ।
राजनीतिक दलहरुविचको खिचातानी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निश्कृयता, गाउँगाउँमा खटाइएका प्राविधिकहरुको लापरबाहीका कारण भुकम्प पिडितहरुले भुकम्प गएको दुई वर्ष हुँदा पनि घर पुनर्निर्माण गर्न नपाएका हुन् । 
उनिहरुको दुई वर्षदेखि विभिन्न पर्वका साथै दोस्रो नयाँ वर्ष समेत खल्लो हुँदै आएको छ । ‘जिवन पुरै सकसमा वितेको छ के खुसी हुनु । नयाँ वर्ष आउँछ जान्छ । यस्तै हो,’ अर्का भुकम्प पिडित तेजबहादुर नेपालीले भन्नु भयो ।


, ,

0 comments

Write Down Your Responses