Powered by Blogger.
हेर्नुस नेकपा(एमाले) फिक्कल गाउँपालिकामा वडा अध्यक्षका उमेदवारहरु



सिन्धुली, ८ वैशाख । नेकपा(एमाले) फिक्कल गाउँपाालिकाले सवै वडाका अध्यक्षहरुको उमेदवारी टुंगो लगाएको छ ।  उक्त पार्टीले वडाहरुमा २ जना शिक्षक  एकजना कलाकारलाई वडा अध्यक्षको उमेदवार बनाएको छ । वडा नं.१(साविक महादेवडाँडा)का अध्यक्षका उमेदवार महेन्द्र बहादुर सुनुवार र वडा नं.३(साविक खोलागाउँ)का टेक बहादुर रजनमगर शिक्षक हुन भने वडा नं.५(साविक सोल्पाठाना) का अध्यक्षका उमेदवार राजु बराल राष्ट्रिय स्तरमै चर्चित कलाकार हुन ।
आकाक्षी धेरै भएकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उमेदवार भने टुंगो लगाउन सकेको छैन । गाउँपालिकाको वैठकले अध्यक्षका लागी ८ र उपाध्यक्षका लागी ६ जनाको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको जनाइएको छ ।
अध्यक्ष पदका लागी पार्वति सुनुवार, दान ब.कार्की, रामप्रसाद भण्डारी, वैकुन्ठ पहाडी, बम बहादुर पिठाकोटे, केशवराज पहाडी, फडिन्द्र पहाडी, हेम प्रसाद पहाडीको नाम सिफारिस भएको छ भने उपाध्यक्षमा अनिता पहाडी, लोकनाथ पहाडी, मिना खत्री, देवकी पहाडी, खडिन्द्र कार्की र तोया बरालको नाम सिफारिस गरिएको छ । नेकपा(एमाले)को उमेदवार छनौट कार्यविधि अनुसार सिफारिस नामहरुमा निर्णय जिल्ला कमिटीले गर्ने र प्रदेश कमिटीले अनुमोदन गर्ने प्रावधान रहेको छ ।
हेर्नुस सिफारिस भएका वडा अध्यक्षका उमेदवारहरु
वडा नं.१ - महेन्द्र बहादुर सुनुवार(साविक महादेवडाडाँ)
वडा नं.२ - संकर भण्डारी(साविक पोखरी)
वडा नं.३ - टेक बहादुर रजन मगर(साविक खोलागाउँ)
वडा नं.४ - गोपाल आले(साविक खाङसाङ्ग)
वडा नं.५ - राजु बराल(साविक सोल्पाठाना)
वडा नं.६ - अदिलमान राई(साविक रत्नावति)    


, ,

0 comments

Write Down Your Responses