Powered by Blogger.
सिन्धुलीमा एकैदिन सवारी दुर्घटना र चट्याङमा परि तिन जनाको मृत्यु, ११ जना घाइते


राजन परियार

सिन्धुली ७, बैशाख । काठमाण्डौवाट जनकपुर तर्फ जाँदै गरेको रातु कमलामाई यातायात सेवा समितिको ना १ ज ५४४४ नम्बरको टाटासुमो वुधवार राति विपि राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाइ नगरपालिका–२ पिपलभञ्ज्याङमा दुर्घटना हुदा २ जनाको मृत्यु र ८ जना घाईते भएका छन् भने कमलामाई नगरपालिका ११ रानिचुरीमा चट्याङ लागेर एक जनाको मृत्यु हुनुका साथै तिन जना गम्भीर घाइते भएका छन् । 
सवारी दुर्घटनामा परी वुलुवाखर ८ धनुषा निवासी जय कुमार यादव र सोहि ठाउँका सरोज कुमार यादवको मृत्यु भएको छ । ृतक दुबैको शव पोष्टमार्टम पछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 
घाइते हुनेहरुमा लक्ष्मीनिया ८ महोत्तरी वर्दिवास निवासी बर्ष २५ का चालक समेत रहेका रमेश महतो, धनुषा १ बलबखर १ निवासि १९ बर्षिय जीतनारायण यादव, सोही ठाउँका ४० बर्षिय आश्विन यादव, सोहि ठाउँका २३ बर्षिय राकेह कुमार यादव, वेखरी १ धनुषाका  २० बर्षिय सुरेन्द्रराय यादव, छटियायी २ धनुषाका बर्ष २२ का राम बरण मण्डल, बलबखर ७ धनुषा कै विजय कुमार यादव र रतुवापुर ३ निवासी वर्ष १९ का सुरेश कुमार यादव घाइते भएका छन् । 
चट्याङ लागेर मृत्यु हुनेमा कमलामाई नगरपालिका ११ रानीचुरीका भिमबहादुर श्रेष्ठको श्रीमति वर्ष ३३ की बेलकुमारी श्रेष्ठमगर रहेकी छिन् । बुधबार सिन्धुलीमा अबेर पानीसंगै परेको चट्याङ लागेर घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ  । घरमै बसिरहेका बेला श्रेष्ठलाई चट्याङले हानेको थियो । उनको शव पोष्टमार्टमका लागि बिहिबार सिन्धुली अस्पतामा ल्याइएको छ । यस्तै बुधबारको चट्याङले कमलामाई नगरपालिका २ भद्रकालीमा तिन जना गम्भीर घाइते भएका छन् । उनिहरुको सिन्धुली अस्पतामा उपचार भइरहेको छ ।
नोट ः समाचार सँगै घाइतेहरुको फोटो छ । 


0 comments

Write Down Your Responses