Powered by Blogger.
फिक्कल गाउँपालिकामा जुटे जनयुद्धका शक्ति

सिन्धुली, १० वैशाख । देशै भरि स्थानीय तहको निर्वाचन नेकपा(माओवादी केन्द्र)कोउमेदवारी घोषणा कार्यक्रम चलिरहदा सिन्धुलीको फिक्कल गाउँपालिकामा पनि उमेदवारी घोषणाको कार्यक्रम चलिरहेको थियो । फिक्कलको उमेदवारी घोषणा कार्यक्रम घोषणासभा मात्र होइन तीन पार्टी वीचको चुनावी एकता सभा समेत बन्न पुग्यो ।
फिक्कलमा गाउँपालिमा  जनयुद्धधाराबाट विभाजित बनेका नेकपा(माओवादी केन्द्र), बैद्य नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी) र बावुराम नेतृत्वको नयाँ शक्ति पार्टी नेपालले सयुक्त रुपमा मिलेर चुनावि मैदानमा उत्रने तयारीका साथ उमेदवारी घोषणा गरेका हुन ।
सार्वजनिक उमेदवारी अनुसार नेकपा(माओवादी केन्द्र)का खड्ग रजनमगर अध्यक्ष पदमा चुनाबी मैदानमा उत्रने छन भने उपाध्यक्ष पदमा नेकपा(क्रान्तिकारी माओवादी)का लोकेन्द्र कार्की उमेदवार बनेका छन ।
त्यस्तै वडा नं.१ मा नयाँ शक्ति पार्टीका विष्णु बहादुर सुनुवार वडा अध्यक्षमा चुनावी मैदानमा उत्रने भएका छन ।
उमेदवारी घोषणासभामा नेकपा(माओवादी केन्द्र)का जिल्ला सह–इन्चार्ज डम्बर कार्की तथा नेकपा(क्रान्तिकारी) माओवादीका जिल्ला सेक्रेटरी शान्तिमान कार्कीले शुभकामना मन्तव्य राखेका थिए । 
फिक्कल गाउँपालिकामा कुल ९९६९ मतदाता स‌ख्या रहेकाे छ । 
फिक्कल गाउँपालिका (माओवादी केन्द्र, वैद्य माओवादी र नयाँ शक्तिको सयुक्त प्यानल ) 
अध्यक्षः खड्ग रजनमगर(धिरज) 
उपाध्यक्षः लोकेन्द्र कार्की
वडा नं १–विष्णु सुनुवार 
वडा नं.२– लिलानाथ काफ्ले 
वडा नं.३ डोर बहादुर थापामगर 
वडा नं.४ माधव प्रसाद घिमिरे 
वडा नं ५ शिब प्रसाद पहाडी 
वडा नंं ६ अंगधन राई


,

0 comments

Write Down Your Responses