Powered by Blogger.
मरिण क्षेत्रमा माओवादीलाई सर्वसम्बत नेतृत्व देउः गजुरेल



सिन्धुली, २५ चैत्र । नेकपा(माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा सांसद हरिबोल गजुरेलले आउँदो स्थानीय तहको निर्वाचनमा मरिण क्षेत्रमा नेकपा(माओवादी केन्द्र)लाई सर्वसम्बत रुपमा नेतृत्व दिन एमाले र काग्रेसलाई आग्रह गरेका छन । आसन्न् स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा(माओवादी केन्द्र) मरिण गाउँपालिकाले सुक्रबार कपिलाकोटामा आयोजना गरेको सम्पर्क कार्यालय उदघाटन तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता गजुरेलले भने, “मरिण क्षेत्रको समग्र विकास र यस क्षेत्रका जनताको मुहारमा खुसी ल्याउन माओवादी केन्द्रले कयौं कामहरु गरीरहेको छ भने कतिपय कामहरु बाँकी नै छन त्यसैले ति कामहरु पुरा गर्न र जनताको चाहानालाई ठिक ढंगले सम्बोधन गर्न माओवादीकै आवश्यक्ता छ , त्यसैले अरु राजनैतिक पार्टीहरुले मुख्यत काग्रेस र एमालेले माओवादीलाई सर्वसम्बत नेतृत्व दिनुभए राम्रो हुन्छ ।”
गजुरेलले मरिण क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, विधुत लगायतको विकासमा आफु र आफ्नो पार्टी निक्कै मेहनतका साथ लागी परेर काम गरेको स्मरण गराए । माओवादी केन्द्रकै पहलमा मरिणखोलामा २ वटा पक्की पुल निर्माण सुरु भएको, मरिण कृषि क्याम्पस स्थापना भएको, विभिन्न् सडक सञ्जालको विस्तार भएको र विद्युत र शिक्षाको विस्तार र विकास भइरहेको दावि गरे । 
कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै सांसद हरिबोल गजुरेलले मरिण क्षेत्रले १० वर्षे जनयुद्धकालमा महत्वपूर्ण भुमीका निर्वाह गरेको स्मरण गर्दै आउँदो स्थानीय तहको निर्वाचनमा पनि महत्वपूर्ण भुमीका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे । 
राजनैतिक एजेण्डाका हिसाबले माओवादी पार्टीनै यो देशको पहिलो पार्टी भएकाले स्थानीय तहको निर्वाचनमा ति राजनैतिक एजेण्डा र उपलब्धीहरुलाई संस्थागत गर्न माओवादी केन्द्रको जित आवश्यक रहेको बताउँदै एमाले र काग्रेसलाई जनतालाई भ्रमित नपार्न समेत गजुरेलले आग्रह गरे । 
पानीराज बम्जनको अध्यक्षतामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारले जस्को निती उस्को नेतृत्व भएमा मात्र देशले निकास पाउने भएकाले माओवादी केन्द्रलाई विजयी गराउन एकजुट भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरे । 
त्यस्तै जिल्ला अध्यक्ष राजन दाहालले चुनावि अभियानमा शान्तपुर्ण ढंगले आफ्ना एजेण्डाहरु जनताको वीचमा लिएर जान कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा जिल्ला सह इन्चार्ज रुद्र बहादुर ठडामगर, गणेश वुढाथोकी, किसान महासंघका केन्द्रीय उपाध्यक्ष रामकुमार पौडेल, ट्रेड यूनियन महासंघका केन्द्रिय उपमहासचिब प्रकाश श्रेष्ठ लगायतले प्रशिक्षणात्मक मनतव्य दिएका थिए । 
प्रशिक्षण पश्चात सम्पनन् गाउँपालिकाको वैठकले रुद्र बहादुर ठाडामगरको संयोजकत्वमा ७५१ सदस्यीय निर्वाचन परीचालन समिति गठन गरिएको तथा उमेदवार छनौटका लागी ७ वटै वडामा भेला तथा वैठकहरु तय गरिएको जनाइएको छ । 
पुराना ३ वटा गाविसहरु मिलेर बनेको मरिण गाउँपालिकामा ७ वडा वडाहरु रहेका छन भने झण्डै १४ हजार मतदाता छन । माओवादी केन्द्र किल्लाको रुपमा रहेको मरिण गाउँपालिकामा सवै वडा तथा गाउँपालिकामा जित सुनिश्चित रहेको उक्त क्षेत्रका नेता तथा वाइसीएल जिल्ला इन्चार्ज विमर्श मोक्तान(प्रख्यात)ले बताए । 


, ,

0 comments

Write Down Your Responses