Powered by Blogger.
राजनीतिक दलहरु मिल्नुको विकल्प छैन् ः सभामुख घर्तीमगर

राजन गाउँले
सिन्धुली २७, चैत्र । व्यवस्थापीका संसदका सभामुख ओनसरी घर्तीमगरले  जनताका प्रतिनीधिमार्फत निर्माण गरिएको संविधान कार्यान्वयन गर्न सबैदल एक भएर लाग्नुको किकल्प नभएको बताएकी छिन् । 
आइतबार सिन्धुलीमाढीमा आयोजित नेपाल रेडक्रस सोसाइटीको ४६ औं केन्द्रीय महाधिबेशनको उद्घाटन गर्दै सभामुख घर्तीले नेपाली जनताको त्याग र बलीदानीबाट निर्माण गरिएको संविधान कार्यान्वयमा सबैदल एक भएर लाग्नुको विकल्प नभएको बताएकी हुन् ।
‘नेपाली जनताले चुनेका प्रतीनिधिबाट निर्माण गरिएको संविधानले  देश शान्ती र समृद्धी तर्फ अघिबढ्न बाटो खोलीदिएको छ । यसलाई कार्यान्वयन गर्न सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर अघिबढ्नुको विकल्प छैन्,’ उनले भनिन् ।
राजनीतिक दलहरुको टकरावका कारण संविधान कार्यान्वयन नभए देश ठुलो खतरामा पर्ने संकेत गर्दै सभामुख घर्तीते संविधानको मर्म अनुरुप स्थानीय निकायको आशन्न निर्वाचन समयमा नै सम्पन्न गर्नु पर्नेमा जोड दिइन् ।
उनले आगामी माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सम्पन्न गर्नु पर्ने संबैधानीक व्यवस्था भएको उल्लेख गर्दै राजनीतिक दलहरुविचका असहमतिहरुलाई मिलाएर समयमा निर्वाचन सम्पन्न गर्न आवश्यक वातावरण निर्माण गर्न सरकारको ध्यानकर्षण समेत गराइन् ।
‘तराई मधेश लगायतका असन्तुष्ठ राजनीतिक दलहरुलाई सम्भव भएसम्मको सहमति निर्वाचन अघिनै र सम्भावना नहुने कुरामाथी बैशाख ३१ को निर्वाचन पछि सहमति गर्ने गरी दलहरु एकठाउँमा उभिने कुरामा म विश्वस्त छु,’ उनले भनिन् ।
स्थानीय तहको निर्वाचनले दलित, आदीवासी जनजाती तथा अल्पसंख्यक समुदायको बास्तविक मर्म अनुरुप प्रतिनीधित्व गर्नेमा उनको जोड थियो ।
स्थानीय निर्वाचन संविधान कार्यान्वयनको प्रक्रिया भएको पनि उनले बताइन् । संसरामा धेरै युद्धहरु मानवताका पक्षमा भएको स्मरण गराउँदै सभामुख घर्तीमगरले नेपालको दश वर्षे जनयुद्ध पनि मानवताकै पक्षमा भएको चर्चा गरीन् । यस्ता अनेकौ घट्नामा रेडक्रस स्वतन्त्र र निश्पक्ष भएर काम गरेको उदाहरण दिँदै आगामी दिनमा समेत रेडक्रस पारदर्शीता र निश्पक्ष भएर काम गर्नु पर्ने धारणा राखिन् ।
रेडक्रस विश्वका कुनकुनामा विपत्तमा परेकाहरुको साथीको रुपमा स्थापीत भएको उनले चर्चा गरीन् । कार्यक्रममा रेडक्रस नेपालका केन्द्रीय अध्यक्ष संजिव थापाले रेडक्रस व्यक्तिगत भन्दापनि संस्थागत हितका लागि क्रियासिल नेपालको पहिलो सामाजिक संस्था भएको दावी गरे ।
उनले ५३ वर्षको दौरानमा नेपालमा केही कमीकमजोरी भएपनि त्यसलाई सिकाइका रुपमा लिएर रेडक्रसलाई सुद्धिकरण गर्दै थप प्रभावकारी बनाउँदै लैजान पहल गर्ने स्पष्ट पारे ।
‘रेडक्रसले अल्पकालीन, मध्यकालीन र दिर्घकालीन योजना बनाएर अघि बढेको छ ।नेपालमा संविधानको मर्म अनुरुप रेडक्रसलाई पनि संघियता अनुकुल बनाउन थालेका छौं । यसका लागि विधान मषौदा कमिटि बनाएर काम भइरहेको छ,’ उनले थपे । 
नेपालमा सरकारको सहयोगीका रुपमा विपत्तमा परेकाहरुलाई सहयोग गर्दै आएको रेडक्रसले आगामी पाँच वर्षका लागि सातौं पन्च वर्षे योजना बनाएर काम थालीएको थापाले उल्लेख गरे ।
जिवन रक्षा, प्राथमीक उपचार, अस्थायी आवास, खानेपानी तथा सरसफाईका क्षेत्रमा क्रियासिल रेडक्रसले भुकम्पले ध्वस्त बनाएका अति भुकम्प प्रभावित १४ जिल्लामा ७ हजार नीजि आवासहरु पुनर्निर्माण गर्ने लक्ष्य लिएको छ । 
महाधिबेशनको बन्द सत्रमा सिन्धुली लगायत ७५ वटै जिल्लाका प्रतिनीधि, पर्यवेक्षक लगायत चार सय जनाको उपस्थिती रहेका छन् ।
केन्द्रीय अध्यक्ष थापाका अनुसार महाधिबेशनमा आर्थीक वर्ष २०७२÷०७३ को वार्षीक प्रगती प्रतिवेदन, आर्थीक र लेखापरिक्षण प्रतिवेदनको समिक्षा गरि आगामी आर्थीक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रम अनुमानीत बजेट पारित गर्ने छ ।
रेडक्रसले चालु आवमा ३ अर्व १० करोड रुपैयाँ बराबरको कारोबार गरेकोमा आगामी आवको लागि ५ अर्ब १४ करोड रुपैयाँको अनुमानीत बजेट प्रस्ताव गरेको छ । 
सामुदायिक उत्थानशिलताका लागि साझेदारीको अवधारण अघि सारेको रेडक्रसको ७५ वटा जिल्ला शाखा, १ हजार ५ सय ८ वटा उपशाखा, ६ हजारबढी जुनियर तथा युवा सर्कल रहेका छन् । गत आवमा नेपालमा रेडक्रसको विभिन्न गतीविधिबाट ७९ लाख २५ हजार मानिसहरु लाभान्वीत भएको बताइएको छ । महाधिबेशन सोमाबारसम्म सञ्चालन हुने बताइएको छ ।


,

0 comments

Write Down Your Responses