Powered by Blogger.
सिन्धुलीमा दुई महिला नेतृ प्रमुख पदका आकाक्षी

दुधाैली नगरपालिका प्रमुख पदका अाकाक्षी ग‌ंगा दाहाल र सुनकाेसी गाउँपालिका अध्यक्ष पदका अाकाक्षी दिपा दाहाल । 
राजन परीयार 
सिन्धुली ६, बैशाख । स्थानीय तहको निर्वाचन नजिकदै गर्दा जिल्लामा क्रियाशिल राजनैतिक आ–आफ्नो पार्टीका उमेदवार छनौटमा व्यस्त देखिएका छन । वैशाख पहिलो साता भित्रै सवै वडा तथा गाउँपालिका र नगरपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुको चयन गरी निर्वाचन अभियानमा लाग्न बाटो खोलिदिने तयारीका साथै सवै पार्टीहरु उमेदवार छनौटमा लागेका हुन । यतिवेला सवै राजनैतिक दलहरुले सिन्धुलीका २  नगरपालिका र ७ वटै गाउँपालिकाहरुमा उम्मेद्धवार छनौट प्रक्रिया अन्तिम अन्तिम चरणमा पुगिसकेको बताएका छन । 
गाउँपालिका तथा नगरपालिकाका वडास्तरवाट उम्मेद्धवारहरुको नाम सिफारिस भएतापनी सिन्धुलीको सदरमुकाममा रहेको कमलामाई नगरपालिकामा नेकपा एमाले वाहेक अन्य कुनै दलहरुले मेयर उम्मेद्धवारको टुंगो लगाउन सकेका छैनन् । जिल्लामा रहेका अन्य स्थानियहरु दुधौली नगरपालिका, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनी अझैसम्म अन्योल नै देखिएको छ । नेपाली कांग्रेसले विहिवारसम्ममा उम्मेद्धवार चयन गरीसक्ने जनाएको छ । त्यसैगरी नेकपा एमालेले बैशाख पहिलो हप्ता भित्रै टुंगो लगाउने भएको छ भने नेकपा माओवादी केन्द्रले पनी बैशाख ९ गतेसम्ममा उमेद्धवार तोकिसक्ने तयारी गरेको भएपनि अझैसम्म सवै दलको वडा स्तरमा नै समस्या देखिएको छ ।
उम्मेद्धवार छनौट गर्ने प्रक्रिया चलिरहँदा सिन्धुलीको दुधौली नगरपालिका वाहेक अन्य ६ वटा स्थानिय तहका मेयर तथा गाउँपालिकाका अध्यक्षमा महिलाको चर्चा न्युन देखिएको छ । महिलाहरूले स्थानीय तहको प्रमुख पदमा जाने इच्छा नदेखाउनुका साथै आकांक्षी पनि निकै कम भएका कारण धेरै स्थानिय तहहरुका महिलाहरु उपप्रमुख तथा उपाध्यक्षमा मात्रै सीमित हुने देखिएको छ । जिल्लाको दुधौली नगरपालिकामा कांग्रेस महिला नेतृ गंगा दाहालले मेयरको उमेद्धवारा दावी गरेकी छन् भने सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रको तर्फबाट नेतृ दिपा दाहाल अध्यक्ष पदमा दावि गरिरहेकी छिन । 
नेपाल महिला संघ सिन्धुलीकोे अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी दाहालले टिकट पाएमा जित्ने संभावना पनि उत्तिकै रहेको दाहाललका सर्मथकहरु बताउछन ।  महिला अधिकारको विषयमा वकालत गर्दै आएकी दाहाल राजैनिक, सामाजिक, शैक्षिक लगायत विभिन्न क्षेत्रको नेतृत्व गर्दै आएकी दाहाल काग्रेसको तर्फबाट दुधौली नगरपालिकाको बलियो उमेदवार हुने छिन् । 
त्यस्तै अर्का महिला नेतृ दिपा दाहाल सुनकोशी गाउँपालिका अध्यक्षमा माओवादीबाट निकट पाउने संभावित महिला उमेदवार हुन उनले टिकट पाएमा जित्ने संभावना राम्रो रहेको माओवादी श्रोतको दावि छ । 


, ,

0 comments

Write Down Your Responses