Powered by Blogger.
भुकम्प पिडितलाई भन्दै अबैद्य रुपमा काठ कटान

नियमन गर्न खोज्ने प्रहरी ढाकछोप गर्ने जिल्ला बन 
सिन्धुली ५, असार सिन्धुलीको कमलामाई नगरपालीका ४ बाट प्रहरीले ३ ट्याक्टर सालको  काठ सहित तिन वटा ट्याक्टर आईतबार राति पक्राउ गरी जिल्ला बन कार्यालय सिन्धुलीलाई बुझाएको छ । 
कमलामाई नगरपालिका ४ स्थित नवदुर्गा महिला सामुदायिक वन उपभोक्ता समुह भित्रबाट राती १ बजे जंगलबाट काँचो सालको काठ अवैध निकासि भै रहेको भन्ने सुचनाका आधारमा प्रहरीले काठ नियन्त्रणमा लिएको हो । 
कमलामाई नगरपालीका ४ ज्यामिरे कुडुलेको बाटो हुँदै काठ निकासिमा संलग्न ३ वटा ट्याक्टर र चालकलाई पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएस्पी सुवासचन्द्र बोहोराले बताउँनु भयो ।
‘प्रहरीको गस्ति टोलीले ३ सय क्युफिटबढी अबैध सालको गोलिया सहित तिनवटा ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई जिल्ला वन कार्यालय सिन्धुलीलाई बुझाएका छौं,’ उहाँले भन्नु भयो ।
प्रहरीले काठ सहित ज १ त ३१७६, ना ४ त ७८८२ र ना ५ त ५१५६ नम्बरको ट्याक्टर समेत नियन्त्रणमा लिएको छ । ति ट्याक्टरका चालकहरु क्रमस २३ बर्षिय राकेश ढकाल, २१ बर्षिय दिपेन्द्र श्रेष्ठ र २६ बर्षिय मोहन दाहाललाइ पनि प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
काठ तस्करीमा संलग्न मुख्य व्यक्तिहरु भने भाग्न सफल भएको उहाँको भनाई रहेको छ । यद्यपि प्रहरीले उनीहरुको खोजि कार्य जारी राखेको जनाएको छ ।
‘कटान गरिएका काँचा सालका गोलिया काठमा जिल्ला वन कार्यालय सिन्धुलीले टाँचा नलागाएको पाईएकाले अवैधरुपमा काठ कटान गरि निकासि भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो,’ उहाँले भन्नु भयो ।
यता जिल्ला वन कार्यालय सिन्धुलीका सहायक वन अधिकृत बच्चुराम सुवेदीले  नवदुर्गा सामुदायिक वनलाई भुकम्प पिडित उपभोत्तालाई वितरण गर्न २५ सय क्युफिट काठ कटान गर्न आदेश दिएको भएपनि समितिले वनले आदेश दिए भन्दा वेगरका रुख कटान गरे नगरेको भन्ने अनुसन्धान गर्ने बताउनुभयो । 
बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम अन्तरगत रुख कटान गर्न आदेश दिएको उहाँको दावि छ । भुकम्प पिडितले लामो समय देखी घर बनाउने काठ नपाएको गुनासो गर्दै आएका छन् । 
सामुदायिक वनको काठ अवैधानीक तवरले काटी राता रात निकासी गर्दा सम्बन्धित निकाय जिल्ला वन कार्यालय सिन्धुलीले भने घट्नाको ढाकछोप गर्न खोजेको प्रहरीको दावी छ । समितिले भने दिउँसो काठ ओर्सारन नभ्याएकाले रातको समयमा ल्याउनु परेको जवाफ दिएको छ । समितिकी अध्यक्ष तारा शर्मा लामीछानेले वनले दिएको स्विकृती अनुसारनै काठ काटेर उपभोक्तालाई वितरण गरिएको जनाउँनु भयो ।
‘काठ हामीले नियमसंगत रुपमानै कटान गरेका छौं । त्यो काठ भुकम्प पिडितहरुलाई एक भुकम्प पिडित १० क्युफिटका दरले वितरण गरेका हौं । उक्त काठ चिरानका लागि मेलमा ल्याउने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो,’ शर्माले भन्नु भयो । प्र्रहरीले ट्याक्टर सहितको गोलिया काठ सोही ठाउँको एक काठ समिलमा चिरान गर्न ल्याउँदै गर्दा नियन्त्रणमा लिएको थियो । बन ऐन तथा निर्देशीका अनुसार जेठ १५ पछि भाद्र महिनासम्म वन जंगलबाट कुनैपनि काठ कटान तथा निकासी गर्न पाइँदैन् । असारको पहिलो सातमा आएर रातारात काठ कटान गर्नु अबैंध भएको प्रहरीको दावी छ । यस विषयमा भने काठ पहिलानै कटान गरेको भएपनि निकासी गर्न भने ढिला भएको वन समितिको भनाई छ ।
जिल्लामा अबैद्य रुपमा काठ कटान जारी रहेको छ तर प्रहरीले नियन्त्रणमा लिएर नियमन गर्न खोजेपनि प्रहरी आफैले कार्वाही गर्न नमिल्ने भएकाले जिल्ला बन कार्यालयलाई बुझाउनु पर्ने व्यवस्था छ तर जिल्ला बन कार्यालयले अवैद्य कामलाई पनि ढाकछोप गर्दै आईरहेको स्थानीयहरु बताउछन । 


, ,

0 comments

Write Down Your Responses