Powered by Blogger.
वीपी राजमार्गमा दुर्घटना, २ घाईते

सिन्धुली, असार ८ । वीपी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका–२ पिपलभन्ज्याङमा बिहीबार सवारी दुर्घटना हुदा २ जना घाईते भएका छन् । टाटासुमो र मोटरसाईकल ठक्कर खाँदा मोटरसाईकलमा सवार २ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
घाईते हुनेमा सुनेकोसी गाँउपालिका–१ कुशेश्वर दुम्जाका मोटरसाईकल चालक देवेन्द्र कोइराला र पछाडी बस्ने गोमा कोइराला रहेको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुवासचन्द्र बोहोराले जानकारी दिए । घाईते दुबैको दाहिने खुट्टा भाचिएको पाइएको र थप उपचारका लागि काठमाण्डौं तर्फ लगिएको प्रहरीले बताएको छ । 
सिन्धुलीमाढी बाट जाँदै गरेको ना १ ज ६०३६ नम्वरको टाटा सुमो र सिन्धुलीमाढी तर्फ आउदै गरेको बा ८२ प ५५१९ नम्वरको मोटरसाईकल ठोक्किएर दुर्घटना भएको प्रहरीले बताएको छ । 


,

0 comments

Write Down Your Responses