Powered by Blogger.
लगातारको बर्षाले ग्रामीण सडक अबरुद्ध

 सोलाभन्ञ्याङ (सिन्धुली) असार ८ । गए रातीदेखि परेको अविरल वर्षाका कारण सिन्धुलीको जलकन्या र तिनकन्या सडक अबरुद्ध भएको छ । वर्षाका कारण सडक खण्डको दर्जनौं स्थानमा ठुलठुला पहिरो झरेपछि सडक अबरुद्ध भएको हो ।
पहिरोका कारण वीपी राजमार्गको सोलभन्ञ्याङबाट जलकन्या हुँदै मझुवासम्म पुग्ने करिव ४० किलोमिटर सडकमा दर्जनौं स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भएको कमलामाई नगरपालिका ३ का वडा अध्यक्ष तथा स्थानीय खड्ग चौलागाँईले बताउँनु भयो ।
सडक पहिरोले क्षेती पु¥याएपछि त्यस क्षेत्रमा दैनिक सञ्चालन हुने ठुला तथा साना सवारी साधनहरु रोकीएर बसेका छन् ।
‘लगातार वर्षा भइरहेकोले सडकको पहिरो पन्छाउन कम्तीमा पनि एक सात लाग्छ,’ उहाँले भन्नु भयो । ‘उक्त सडक अन्तरगत कमलामाई नगरपालिका ३ जलकन्या स्थित सोला भन्ञ्याङमा मात्र ३ वटा ठुला पहिरो गएको छ । यस्तै सुनकोसी गाउँपालिकाको मझुवामा पनि दर्जनौं स्थानमा पहिरो गएको छ,’ चौलागाँईले थप्नु भयो ।
यस्तै वीपी राजमार्गको खनियाखर्कबाट तिनकन्या सञ्चालन हुने ग्रामिण कृषि सडकपनि वर्षाका कारण बुधबारबाट अबरुद्ध भएको छ । त्यस सडक खण्डमा पनि दर्जनौं स्थानमा साना ठुला पहिरो गएका कारण सवारी साधनहरु आवागमन हुन नसकेको स्थानीय निर्मलकुमार रम्तेलले बताउँनु भयो ।
तिनकन्या र जलकन्या सडक अबरुद्ध हुदाँ बुधबारबाट स्थानीय स्तरमा आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुका साथै कृषि सामाग्री र दुध ढुवानीमा समेत समस्या भएको छ । यि दुबै गाविसबाट सिन्धुली सदरमुकाममा दैनिक ६ सय लिटरबढी दुध ढुवानी गर्ने गरिएको थियो ।
सडकको तल माथी बुधबार अबेरसम्म पहिरो झरी रहेका कारण पैदल यात्रा गर्न समेत कठिनाई भएको स्थानीयको भनाई छ ।
सोलाभन्ञ्याङ–चपौली–मझुवा सडक खण्डको करिव तिन किलोमिटर विस्तार तथा कालोपत्रे गर्न थालिएको थियो । दुई करोड बढी लागतमा कालोपत्रे गर्नका लागि सडकको माथी र तल वाल लगाइएको नाला निर्माण गरिएको भएपनि लगातारको वर्षाले सबै क्षेती पुगेको निर्माण कम्पनीका ठेकेदार तुलसी श्रेष्ठले बताउँनु भयो ।
‘सडकमा पहिरो जाँदा लाखौं रुपैयाँ लगानीमा निर्माण गरिएको वाल तथा नालामा क्षेती पुगेको छ,’ श्रेष्ठले भन्नु भयो । पहिरोको कारण ऐतिहाँसिक स्थल सिन्धुलीगढी र गढी दरबारबोको अवलोकन गर्न आउने आन्तरीक तथा बाह्य पर्यटकहरुलाई समेत समस्या भएको छ ।


, ,

0 comments

Write Down Your Responses