Powered by Blogger.
सामाजिक र आर्थिक रुपमा बलियो बन्दै एकल महिला

 सिन्धुली, १४ असार । पारिवारीक तथा सामाजिक हिसाबले समस्या भोग्न बाध्य एकल महिलाहरु आफ्नो अधिकारको बारेमा सचेत बन्दै सामाजिक तथा आर्थिक रुपमा बलियो बन्न सुरु गरेका छन । 
एकल महिलाहरुलाई लक्षित गरी सामाजिक विकासका लागी महिला जागरण सिन्धुलीले एकल महिलाहरुको लागी बातावरण मैत्री प्रविधिमा आधारित व्यवसायीक तरकारी खेती तथा पुर्वाधार विकास कार्यक्रम सुरु गरेपछि एकल महिलाहरु निक्कै उत्साहित भएर कार्यक्रममा सहभागी बनेका छन । 
कार्यक्रम अन्र्तगत जिल्लाको दुधौली नगरपालिकाको दुधौली, हरिहरपुरगढी गाउँपालिकाको क्यानेश्वर, सुनकोशी गाउँपालिकाको मझुवा, फिक्कल गाउँपालिकाको चनौटे र गोलन्जोर गाउँपालिकाको डुडभञ्ज्याङ्गमा सञ्चालित तालिममा एक सयँ जना एकल महिलाहरुलाई अधिकारको बारेमा प्रशिक्षित गर्दै व्यवसायीक सिप प्रदान गरीने जनाइएको छ । 
पहिलो चरणको एकल महिला अधिकार सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पनन् गरीएको र दोश्रो चरणको वातावरण मैत्री तरकारी खेती तालिम सञ्चालन भईरहेको संस्थाका सचिब सोमप्रसाद बरालले जानकारी दिए । दुधौली नगरपालिकाको दुधौलीमा सञ्चालित कार्यक्रमको समापन नगरपालिका प्रमुख घनश्याम राउतले गर्नुभएको थियो भने अन्य स्थानमा सञ्चालित तालिमको उदघाटन तथा समापनमा जनप्रतिनिधीहरुको सहभागीता रहेको जनाइएको छ । 
तालिमको समापन गर्दै नगर प्रमुख राउतले समाजमा समस्यामा रहेका एकल महिलाहरुलाई बलियो बनाउन सकेमात्र समाज बलियो बन्ने धारणा व्यक्त गर्दै नगरपालिकाको तर्फबाट एकल महिलाहरुको शसक्तिकरण र आत्मनिर्भर बनाउन सधै लागीपर्ने बताउनु भयो । 
सामाजिक हिसाबले सवैभन्दा बढी समस्यामा रहेका एकल महिलाहरुलाई कार्यक्रमले व्यवसायीक रुपमा बलियो बनाउन लागीएको बरालको भनाई छ । कार्यक्रमको लागी महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा वालवालिका कार्यालय सिन्धुलीले आर्थिक सहयोग गरेको छ भने कृषि विकास कार्यालय सिन्धुलीको समन्यवमा सञ्चालन गरिएको छ । 
जिल्लाका १ सय जना एकल महिला व्यवसायीक र आत्मनिर्भर बन्ने र उनीहरुका पारिवारीक तथा सामाजिक समस्या अन्त्य गर्ने कार्यक्रमको लक्ष्य रहेको सचिब बरालले बताए । 


, ,

0 comments

Write Down Your Responses