Powered by Blogger.
विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण र सरसफाई

सिन्धुली, २२ जेठ । जिल्लाका विभिन्न् सरकारी तथा गैर सरकारी संस्थाहरुले बृक्षारोपण तथा वातावरण सरसफाईको कार्यक्रम गरी बातावरणलाई सधै सफा र सुन्दर राख्न सन्देश दिर्दै सोमबार ४५ औं विश्व वातावरण दिवस मनाएका छन । 
‘प्रकृतिसँग हाम्रो सम्बन्ध रहिरहोस अन्नत’ भन्ने मुल नाराका साथ मनाइएको विश्व वातावरण दिवसको अवसरमा कमलामाई नगरपालिका कार्यालय सिन्धुलीले नगरक्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा जिल्लाका न्यायधीश, कमलामाई नगरपालिकाका प्रमुख, उप्रमुख तथा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुले बृक्षारोपण गर्दै बातावरण जोगाउँन सन्देश दिएका छन ।
त्यस्तै विश्व वातावरण दिवसकै अवसरमा कमलामाई नगरपालिका–५ ढुग्रेवासमा सञ्चालित सिन्धुली पाठशाला इङलिस बोर्डिङ्ग स्कुलले ढुग्रेबास बजार सरसफाई गरेको छ । ४५ औं विश्व वातावरण दिवस तथा १८ औं राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा विद्यालयले जेठ २२ देखि २८ गते सम्म विभिन्न् क्षेत्रको सरसफाई, बृक्षारोपण लगायतको कार्यक्रम सञ्चालन गर्ने जनाइएको छ । जब सुध्रन्छ मान्छे आफै भित्र तब मात्र बन्छ वातावरण पवित्र भन्ने नाराका साथ सरसफाई सप्ताह समेत चलिहरेको छ ।
विद्यालयले सुरु गरेको अभियानलाई कारीतास नेपाल सिन्धुलीले सहयोग गरेको छ भने विद्यालय सञ्चालक, शिक्षक, विद्यार्थी, स्थानीय समुदाय र स्थानीय प्रशासनको उत्साहजनक सहभागीता रहेको विद्यालयको प्राचार्य निराजन श्रेष्ठले बताए । 
त्यस्तै दुधौली नगरपालिका कार्यालयले पनि विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण कार्यक्रम सम्पनन् गरेको खबर रहेको छ भने जिल्लाका विभिन्न् स्थानमा सरकारी तथा गैर सरकारी संस्थाहरुले बातावरण सरसफाई तथा बृक्षारोपण गरी ४५ औं विश्व वातावरण दिवस सम्पनन् गरेका छन । 



,

0 comments

Write Down Your Responses