Powered by Blogger.
खुर्कोटमा बोलेरो दुर्घटना, चालकको मृत्यू


सिन्धुली, २६ जेठ । काठमाडौंबाट यात्री लिएर दोलखा तर्फ जाँदै गरेको अरनिको ना १ ज ४९३५ नम्बरको सुमो गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा दुर्घटनामा परेको छ ।
पुलबाट झण्डै २० फिट तल खसेको बोलेरो दुर्घटनामा चालक दोलाखा नाम्दु गाविसका २४ बर्षिय रामहरि दासको घटनास्थलमै मृत्यू भएको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । दुर्घटनामा परी अन्य ६ जना यात्री घाइते भएको र घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको खुर्कोट स्थित सुनकोशी अस्पतालमा उपचार भईरहेको छ ।


,

0 comments

Write Down Your Responses