Powered by Blogger.
माओवादीको प्रस्ताव जन स्वीकृती

अधिवक्ता रामनारायण विडारी,सांसद
गणतन्त्रमा नेपाल प्रवेस गरेको लामो समय भएको छैन । संसारको इतिहासमा राजतन्त्र हटाउदा रक्तपात युद्ध भएको पाइन्छ तर नेपालमा राजतन्त्र विना रक्तपात विदा भएको थियो ।

राजतन्त्रलाइ अन्तीम अवस्थामा तत्कालिन शाहि सेनाले समेत सहयोग गरेन । राजावादीहरु पनि मौन वसे ।

गणतन्त्रको नारा नदिने काग्रेसले पनि गणतन्त्रको मागलाइ सर्मथन गरेको थीयो । गणतन्त्रको मागको विरोध गर्ने एमालेले पनि गणतन्त्र आउने वेलामा स्वीकार गरेको थियो । माओवादीले जनयुद्ध गर्दा कै अवस्थामा गणतन्त्रको नारा दिएको थियो ।

अन्ततः राजतन्त्रको ज्यादति निरंकुशताको कारण समेत मिसिएर नेपालमा वैधानिक ढंगवाट नै विना रक्तपात गणतन्त्र नेपाली जनताले प्राप्त गरे । गणतन्त्र र संघियता आपसमा जोडी नै हुन । राजतन्त्रमा संघियता फस्टाउन त के टिक्न पनि अप्ठ्यारो हुन्छ । संघियता र गणतन्त्रको जोडी संसारमा फस्टाएको छ । भारतमा गणतन्त्र संगै संघियता हुर्केको छ । अमेरिकामा ,स्विजरल्याण्ड,जर्मन आदी नमुना हुन ।

संसारका प्राय पुराना इतिहास भएका देशमा राजतन्त्र थिए । विस्तारै ति राजतन्त्र उडे अनि गणतन्त्र आयो । जस्तै छिमेकि मुलुक भारत र चिन । दुवै देशमा गणतन्त्र तर नेपालमा केहि समय राजतन्त्र रह्यो । यसको प्रभाव नेपाली जनतामा पनि परेको थियो तर नेपालका केहि ठुला भनिएका दल अलमलमा परेको कारण जनयुद्ध गणतन्त्रको प्रमुख कारक वन्यो । यस्लाइ तत्कालिनका काग्रेस एमालेलाइ गणतन्त्रमा प्रवेश गर्न वाध्य वनायो । संविधान सभाको माग पनि गणतन्त्रको निम्ती ठुलै फड्को थियो । संविधान राजा भएको मुलुकमा राजाले जारी गर्ने हो । तर संविधान सभावाट संविधान जारि गर्ने विषय पनि राजतन्त्रको लागी विष नै थियो ।

त्यसैले राजाले र उन्का मतियार दलहरुले सुरुमा संविधान सभाको मागलाइ अस्विकार गरेका थिए । त्यसैले हज्जारौ नेपालिले वलिदान गर्नु परेको थियो । अहीले माओवादीलाइ १७००० मान्छे मारेको आरोप केहि अवुझले लगाइ रहेका छन । यी १७०००ले वलिदान गणतन्त्रको निम्ती दिएका थिए । तत्कालिन राजतन्त्र र तिन्का मतियारले ति हज्जारौ नेपाली मारेका थिए । त्यहि जनयुद्धको जगमा गणतन्त्र आयो । त्यसको फल नेपाली जनताका छोराछोरीले नेपालको राष्टपति भएर देश हाक्न पाएका छन । जस्ले गणतन्त्रको मागलाइ अनदेखा गरेको थियो त्यहि दलले राष्टपति हुन पाएको इतिहास गजवको छ संसारमा नै । सामनुपातिक समावेसि सिद्धान्तको, धर्म निरपेक्षताको, गणतन्त्रको, संघियताको विरोधिहरु नै यस्का हिमायति देखिएको निर्वाचन पनि यहि भएको छ । गणतन्त्र नेपालमा पहिलो पटक

चुनाव प्रदेश नं ३ मा सहित तिन प्रदेशमा सम्पन्न भयो ।

माओवादी केन्द्रले तेश्रो स्थानमा वस्न पर्ने गरि मतदान भएको छ । यस्मा अनेक तर्कं वितर्क गरेका छन । माओवादी केन्द्रले यो पहिलो पटक स्थानिय तहको निर्वाचनमा संलग्न भएको हो । पञ्चायति, वहुदलिय सवै स्थानिय चुनावमा भाग लिएको थिएन । संघिय प्रणालिको चुनाव नेपालमा पहिलो पटक भएको कुरा पनि विर्सन हुदैन । तसर्थ यो पुराना चुनावहरुको नियमीतता होइन । माओवादी केन्द्रको निम्ती यो नया अभ्यास हो । यस्का उमेदवार पनि प्राय नया हुन । विभिन्न षडयन्त्र,टिकडम,खुराफाति काम गर्न अभ्यस्त दलहरुले आस त्रास भ्रम जाल प्रयोग गर्न जानेका छन ।

यसवाट वचेर जनताले जुन मत माओवादीकेन्द्रलाइ दिए त्यो मत अशलि हिरा जस्तो छ । जो रछानको रासमा रहदा पनि कुहिदैन । जो मत छ त्यो रक्त विजको रुपमा अव काम गर्छ । यो चुनाववाट माओवादीले दश वर्ष युद्ध गरेर आर्जन गरेको समावेसि समानुपातिक सिद्धान्त,गणतन्त्र,संघियता,धर्मीक स्वतन्त्रतालाइ निर्वाचित सवैले स्थानिय तहको कुर्सिमा वसेर पालना गर्नु पर्छ । चाहे त्यो एमाले होस चाहे त्यो काग्रेस होस चाहे अरु नै किन नहुन । संघियताको जग हालियो । गणतन्त्रको जनमत प्राप्त भो । समानुपातिक समावेसि सिद्धान्त लागु भो । यो नै माओवादीको जित हो ।

सवैले माओवादीको प्रस्ताव वमोजिम काम गर्नु पर्छ । यो नै माओवादी केन्द्रको जित हो । यहि कुराका निम्ती जनयुद्धमा १७००० भन्दा वढी जनताले वलिदान गरेका हुन । अर्को कुरा माओवादीले यो चुनाववाट हरेक गाउमा आफ्ना नेता तय गरेको छ । अव ति नेतावाट संगठन सुरु हुन्छ । त्यहि संगठनले जनसेवा गर्छ । प्रगतिशिल परिवर्तन गर्छ । यी दुवै निर्वाचन सम्पन्नको प्रतिफल हो । यो नै माओवादी केन्द्रको यो चुनावको उपलव्धी हो । चुनावको परिणामलाइ धेरै किसिमले व्याख्या गर्न सकिन्छ ।

समानुपातिक,समावेसि, धर्म निरपेक्षता, संघियता, गणतन्त्र स्थापना गर्नको निम्ती संविधान सभा र सो सभा वाट संविधान यहि नारामा तत्कालिन सत्तामा वसेका राजा,काग्रेस एमालेसंग माओवादीको हाक्काहाक्की हतियार युक्त युद्ध भयो । यी नै माग पुरा नर्गन ३ नै थरि मिलेर माओवादी र जनयुद्ध समाप्त पार्न १० वर्ष सम्म कोसिस गरे तर ति सफल भएनन ।

अन्ततः माओवादीले उठाएका प्रस्तावमा काग्रेस एमाले सहमत हुन वाध्य भए । राजासंगको मोह भंग गरे । संविधान वन्यो । सो संविधान पालना गर्ने सिलसिलामा स्थानिय निर्वाचन पनि प्रथम चरणाको संपन्न भयो । चुनावमा एमाले र काग्रेसले धेरै मत ल्याए । के अव ति जनप्रतिनिधीले माओवादीले उठाएका धर्म निरपेक्ष,समानुपातिक,समावेसि,गणतन्त्र र संघियता विरुद्धामा जान सक्छन त ? अवस्य सक्दैनन । जनताले उनिहरुलाइ हिजो तिमिहरुले विरोध गरेर १७००० मान्छे मारिएका थिए । यो प्रस्ताव लागु गर्न दिदैनौ भनेर अव त्यसको प्रयश्चीत गर्न कुर्सिमा वस र त्यहि प्रस्तावको पालना गर भनेर सजाय स्वरुप पदमा राख्ने काम जनता गरेका छन । यो काम वाध्यता वस उनिहरुले पालना गर्नु पर्छ । यसमा गडवढ गरे भने जनताले कारवाहि गर्ने छन । माओवादी केन्द्रले यो मसिनु संग रखवारि गरेर वस्नु पर्नेछ । यो नै चुनावको निर्णय हो । काग्रेस एमाले राम्रा भएर होइन । उनिहरुलाइ हिजो विरोध गरे वापत मोक्ष प्राप्तिको निम्ती यो काम गरेका छन । आज हरेक जसो स्थानिय निकायमा महिला नेतृत्व भएको छ । वडै पिच्छे दलित र नारीको प्रतिनिधित्व छ । के यो माओवादी जनयुद्धको प्रतिफल होइन ?

संविधान जारि भएको वर्ष दिन विती सक्यो । यो अव आउने माघ ७ भित्र सवै तहको चुनाव गराउनु पर्ने छ । दोश्रो चरणको चुनाव निम्ती मधेसि नेताहरुसंगको वार्ता अनुरुपको काम गर्न प्रकृया थाल्नु पर्छ । मधेसिले पहीला संविधानको पुर्नलेखनको माग गरे । नाका वन्दी समेत गरे । विस्तारै संविधानको संसोधनको मागमा आए । प्रदेशको सिमाना हेरफेरमा लामो समय अढान लिए ।

अहिले स्थानिय तहको संख्या खास गरी ७४४वाट ७६६ वनाएमा चुनावमा भाग लिने संकेत दिए । प्रथम चरणको चुनावमा मधेसि मोर्चा समेतको सर्मथनमा भयो । अव दोश्रो चरणाको चुनाव पनि भाग लिने मेलो मा छन के यो प्रचण्डको सवल एवं सक्षम नेतृत्व होइन ? विपक्षि दल समेत प्रचण्ड नेतृत्वमा भएको चुनाव र हुन लागेको चुनावको अहं सर्मथन जनाइ रहेकोछ । तसर्थ चुनाव कुन व्यक्तीले कुन दलले जित्यो भन्दा पनि संविधानको पालना र परिवर्तनको जग हालीयो भन्ने कुरा महत्व पुर्ण छ । चुनाव त यो पटक एक दलले धेरै, अर्को पटक अर्को दलले धेर,ै सिट ल्याउन सक्छ ।

स्थानिय तहमा निर्वाचितहरुले संविधान र कानुन वमोजिम काम गर्न सम्वन्धीत कानुन आवस्यक छ । स्थानिय तह संचालन गर्न को निम्ती कानुन चुनाव अगावै वन्नु पर्ने थियो । जो वन्न सकेन तसर्थ निर्वाचित जनसरकारहरु अलमलमा छन । यस्तोमा छिटो छिटो ति कानुन पारित गर्नु पर्ने मा विपक्षीदलले सदन अवरुद्ध गर्नु अहंता देखिन्छ


,

0 comments

Write Down Your Responses