Powered by Blogger.
सिन्धुलीमा बोलेरो दुर्घटना, ६ जना यात्रु घाईते

सामान्य रुखले बचायो यात्रुको ज्यान 

बुद्धकुमार आछामी 
सिन्धुली, २० असार । काठमाण्डौबाट सिन्धुली तर्फ आईरहेको विपी यातायातको ना १ ज ४६६१ नम्बरको बोलेरो जीप वीपी राजमार्ग स्थित कनपा–२ पिपलभञ्ज्याङ्गमा दुर्घटना हुँदा ६ जना यात्रु घाईते भएका छन । 
दुर्घटनामा परी घाईते हुनेहरुमा सिन्धुली कनपा–६ की वर्ष २५ की बिमला गुरुङ्ग, कनपा–६ कै वर्ष १९ को प्रमोद गुरुङ्ग कनपा–६ बस्ने वर्ष ४० की चण्डीका गुरुङ्ग, मरिण गाउँपालिका भदौरेका वर्ष ३४ का टिका विक, महोत्तरी छोटापिपराहि–६ का वर्ष २२ का निराजन पण्डित र धार्दिङ्ग जिल्ला लेख नगरपालिका–६ स्थायी ठेगाना भएका वर्ष २१ का शिब घले रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 
घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको र गम्भीर घाईतेहरुलाई थप उपचारका लागी काठमाण्डौ पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । बोलेरो सडकबाट झण्डै एक सय मिटर तल खसेको र सालको रुखमा अल्झीएका कारण ठुलो मानवीय क्षतिहुनबाट जोगीएको प्रहरीले जनाएको छ । 
बोलेरोका चालक रामेछाप नगरपालिका– ८ का सुजन माझीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जनाएको छ । 





,

0 comments

Write Down Your Responses