Powered by Blogger.
सिन्धुली ३६ औं साक्षर जिल्ला घोषणा


सिन्धुली २४, असार । ‘हाम्रो प्रयास, हाम्रो पौरख, साक्षर सिन्धुली हाम्रो गौरव’ भन्ने मुल नाराका साथ शनिवार सिन्धुली जिल्लालाई ३६ औं साक्षर जिल्लाको रुपमा घोषणा गरिएको छ ।
जिल्ला शिक्षा कार्यालय सिन्धुलीद्धारा आयोजित एक कार्यक्रममा तामझामका साथ सिन्धुली जिल्लालाई नेपालमै ३६ औं साक्षर जिल्लाका रुपमा घोषणा गरिएको हो ।
कृषि तथा जलस्रोत समितिका सभापती तथा संसद मोहनप्रसाद बराल, संसद गणेश पहाडी, अनौपचारीक शिक्ष सेवा केन्द्रका सहसचिव चुणमणी शर्मा, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, सरकारी कार्यालयका प्रमुखहरुले प्रतिवद्धता प्रत्रमा हस्ताक्षर गर्दै जिल्लालाई ३६ औं साक्षर जिल्ला भएको घोषणा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा संसद मोहनप्रसाद बरालले सिन्धुली जिल्लामा बसोबास गर्ने कुल जनसंख्या मध्ये १५ देखि ६० वर्ष उमेरका ९९ दशमलव १३ प्रतिशत जनता साक्षर भएका कारण जिल्लालाई साक्षर जिल्ला भएको घोषणा गरिएको बताए ।
‘जिल्लालाई सन् २०१५ भित्रै साक्षर जिल्ला घोषणा गर्ने अभियानको थालनी गरिएको भएपनि भुकम्प लगायतका विभिन्न कारण समयमा साक्षर जिल्ला घोषणा गर्न सकिएको थिएन । तर, आज सबै पक्षको पहलमा जिल्लालाई ३६ औं साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा हामीलाई गर्भ लागेको छ,’ बरालले भने ।
कार्यक्रममा संसद गणेश पहाडीले जिल्लालाई ढिलै भएपनि साक्षर जिल्ला घोषणा गर्न पाएकोमा खुसी व्यक्त गरे ।
‘सामाजिक, आर्थीक तथा सांस्कृतक क्षेत्रको विकासका लागि शिक्षा महत्वपूर्ण हुने उल्लेख गर्दै आम नागरीक शिक्षीत हुनु समग्र जिल्लाको विकासका लागि सहयोग पुग्नु हो,’ उनको भनाई थियो ।
यस्तै अनौपचारीक शिक्ष सेवा केन्द्रका सहसचिव चुडामडी शर्माले सिन्धुली जिल्ला साक्षर भएकोमा धन्यबाद व्यक्त गर्दै समग्र जिल्लाबासी प्रती अभार व्यक्त गरे ।
सिन्धुलीलाई साक्षर बनाउँनका लागि सामुदायीक  ५ सय ७४ र संस्थागत ६५ गरी जम्मा ६ सय ३९ वटा विद्यालयको औंपचारीक शिक्षाबाट विमुख नागरीकलाई सामुदायिक शिकाई केन्द्रबाट साक्षर बनाई जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी केदरकुमार गिरीले बताए ।
‘२०६७ मा संचालीत घरधुरी सर्भेक्षण अनुसार ७३ हजार ६ सय १५ जिल्लामा निराक्षर थिए । उनिहरुलाई ४२ वटा सिकाई केन्द्र मार्फत साक्षर बनाई त्यसको सात वर्ष पछि जिल्लालाई साक्षर घोषणा गरिएको छ,’ गीरीले बताए ।
यो जिल्लाको कुल जनसंख्या मध्ये १५ देखि ६० वर्ष उमेर भित्रका ९९ दशमलव १३ प्रतिशत नागरीक साक्षर भएका कारण नेपाल सरकारको नितीअनुरुप जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको गिरीको भनाई छ ।
कार्यक्रममा साक्षर कक्षामा भागलिएका सहभागिहरुले आफुहरु अहिले आफ्नो नाम लेख्न सक्ने, नेपाली अक्षर चिन्न सक्ने र चिठी पत्र समेत लेख्न सक्ने भएको भन्दै आ–आफ्ना अनुभव समेत सुनाएका थिए । घोषणा सभामा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरुले सांस्कृतीक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।


, ,

0 comments

Write Down Your Responses