Powered by Blogger.
मोटरसाईकल दुर्घटनामा एकको मृत्यू

सिन्धुली २९, साउन । विपि राजमार्ग अन्तरगत  सिन्धुलीको खुर्कोट नेपालथोक सडक खण्ड अन्तरगत रिठ्ठे भिर नजिक मोटरसाईकल दुर्घटना हदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाका २६ बर्षिय प्रदिप दुलाल रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुवासचन्द्र वोहोराले  जानकारी दिए । दुलाल सवार काठमाण्डौबाट धनुषा तर्फ आउदै गरेको बा ४८ प ५६४६ नम्बरको मोटरसाईकल तिव्र गतिका कारण दुर्घटनामा परेको थियो । 
सडक छेउमा रहेको पिल्लरमा ठोकिएर दुलाल सडकबाट ३५ मिटर तल खसेका थिए । मोटरसाईकल सडकमा नै रहेको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको मोटरसाईकल ठोकिदा चालक दुलाल उछिटिएर तल खसेको प्रहरीले जनाएको छ ।
सडकबाट ३५ मिटर तल खसेका दुलाललाई प्रहरीले उद्धार गरि थप उपचारकालागि धुलीखेल तर्फ लगेपनि उनको बाटोमै मृत्यु भएको बताइएको छ । 


,

0 comments

Write Down Your Responses