Powered by Blogger.
खोलाले बगाएका खत्रीको उद्धार


सिन्धुली, २८ श्रावण । कमलामाई नगरपालिका–२ चियाबारीका ४५ वर्षिय  दिप बहादुर खत्रीलाई ग्वाङ्गखोलाले बगाए पनि उनको सकुशल उद्धार गरिएको छ । खोलाले बगाएको स्थानीयहरुले देखेपछि झण्डै १ सय मिटर तलबाट उनलाई सकुशल उद्धार गरिएको हो । 
सुक्रबार देखि परेको अविरल वर्षाका कारण ग्वाङ्गखोलामा आएको बाढीले खोला तर्ने क्रममा बगाएका खत्रीलाई जिल्ला समन्यव समिति सदस्य सिवि बुढाथोकी सन्तोषको नेतृत्वमा उद्धार गरिएको हो । उद्धार पछि घाईते अवस्थामा रहेका खत्रीको सिन्धुलीमाढी स्थित मोर्डन एपोलो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


,

0 comments

Write Down Your Responses