Powered by Blogger.
अंगालोबाटै खोसीए मुटुका टुक्रा, उजाड भयो जिवन

काजक्रिया गर्न बस्ने ठाउँसम्म भएन् 

राजन गाउँले
सिन्धुली २९, साउन । ‘साँझ अबेरसम्म हामी दुबै काम गरेर फर्केका थियौं । छोराछोरी खाना खाएर सुति सकेका थिए । मलाई पनि सन्चो थिएन । करिब १० बजेतिर कटेजको ढोकै निर सुते । पानी हल्का परि रहेको थियो । कामले थाकेकाले निदाए । उनि पनि सुतेकी थिन् । तर मध्ये रातमा बज्रपातनै आइलाग्यो पत्तै भएन अगाँलोबाट मुटुका टुक्रा खोसीएको कुरा,’ शनिवार अस्पतालमा भेटीएका उदय खड्काले बेदना सुनाए । 
खड्काको जिवनमाथी अपत्तयारीलो बज्रपात भयो । शुक्रबार साँझबाट परेको अविरल वर्षासंगै आएको पहिरोले संगैं सुतेका तिन छोराछोरीसंगै जिवन साथीलाई गुमाउनु परेको पिडा सुनाउँदै खड्काले भने, ‘मलाई काल आएन् । अब जिवन नै उजाड भयो । कसरी जिवन ज्यूने । दुःख र मेहनते हुर्काएका छोराछोरीको उद्धार गर्न समेत सकिन् । श्रीमतिलाई बोलाउँन पनि सकिन् । मध्येरात भएकाले शाहारा पनि पाउन सकिन्,’ उनले थपे ।
शनिवार करिब २ वजे टहरोमाथीबाट आएको पहिरोले टहरो पुर्दा कमलामाई नगरपालिाका ६ स्थिती २ नम्बर बजारका खड्काको ३२ वर्षीया श्रीमति दुर्गा खड्का, १५ वर्षकी छोरी शोभा खड्का, १० वर्षका छोरा अनिस खड्का र ८ वर्षका मनिस खड्काको एकै चिहान भएको थियो । ‘एउटै खाटमा सुतेका थियौं । म ढोका पट्टि थिए । श्रीमति र छोराछोरी भित्तापट्टी थिए । एक्कासी पहिरो आएछ । हामीलाई पुरी सकेपछिमात्र मैले थाहा पाए । छोराछोरीले त त्यो पनि पत्तो पाएनन् । उनिहरुले ऐया पनि भन्न पाएनन्,’ घट्नामा बाँच्न सफल उदयले सुनाए । उनल् भागेर ज्यान जोगाएका थिए ।
घट्नाको विदारक सुन्दा जो कसैको पनि आँखामा आँसु अडिन्न । उदय स्थानीय होटलमा मजबुरी गथ्र्ये । उनकी श्रीमति (दुर्गा) छोराछोरीको लालन पालनका लागि जिल्ला सदरमुकाम माढीका सम्पन्न वर्गका घरघरमा पुगेर विहान बेलुका भाँडा माज्ने काम गर्थीन् । आफ्नो नाममा एक टुक्क्रा घडेरी थिएन् । झण्डै २०३५ साल तिर उदयका बुबाले जिल्ला सदमुकाम भर्खरमात्र बस्दै गर्दा जंगल फाँडेर बसेको जमिन पछि जनसेवा पुस्ताकालयले आफ्नो पर्ने भन्दै त्यहाँबाट हट्न भनेको थियो ।
 ‘छाडेर जाने ठाउँ थिएन् । दुःख सुख गरेर त्यही बसेका थियौं । आमा दाजु पनि त्यहाँनै बस्नु हुन्थ्यो । दाजुको पनि मजबुरी गर्ने क्रममा अघिल्लो वर्षनै मृत्यू भएपछि आमा अर्कैको घरमा भाँडामाझेर बस्न थाल्नु भयो । म मेरो परिवार सहित त्यहाँनै बस्दै आएका थियौं । तर, दैवको लिला २०७२ साल बैशाख १२ गतेको भुकम्पले भएको सानो घरपनि भत्काई दिएपछि पुस्तकालय र नेपाल पत्रकार महासंघका पदाधिकारीहरुले साविक घर भएको ठाउँबाट करिब १०मिटर भित्तामा घर बनाएर बस भनेपछि मैले पहाडको मुनी टहरो बनाएर बसेको थिए । हार गुहार गरेर घर बनाउँला भन्ने लागेको थियो । तर अचानक जिवनका सबै खुसीहरु टुटे । अबत केलाई चाहीयो घर । केलाई चाहियो घडेरी,’ आँसुका बलीन्द्र झार्दै उदयले सुनाए । 
उदयको परिवार बस्ने स्थानमाथी नेपाल प्रहरीको आवस भवन छ । करिब १० मिटरको दुरीमा रहेको प्रहरीको आवस निर्माण गर्दा खनेर थुपारीएको माटो उदयको टहरोमाथी काल बन्यो । शनिवार त्यही माटो बगेर आउँदा परिवारकै एकै चिहान भयो,’ स्थानीय गुजेश्वरलाल श्रेष्ठले दुःख व्यक्त गर्दै भने । हामीले करिब बिहान ३ बजेमात्र घट्नाका बारेमा थाहा पाएऔं । ‘खबर पाउन साथ पुग्दा उनको (उदय) को परिवारमा चार जनाको मृत्यु भई सकेको थियो । वर्षा रोकीएको थिएन् । प्रहरी, अन्य स्थानीय रेडक्रसकर्मीहरुलाई खबर गर्दा गर्दै ढिला भइसकेको थियो । उद्धारको निक्कै प्रयास गरियो । तर पहिरोमा पुरीएकाहरुलाई उद्धार गरेर सिन्धुली अस्पताल पु¥याउँदा चारै जनाको मृत्यू भइसकेको प्रहरीले जनायो,’ श्रेष्ठले भने ।
‘अत्यन्तै गरीव र कमजोर परिवार थियो । भुकम्पले घर भत्काएपछि जस्ताले बारेर सानो टहरामा बसेका थिए । हामीले उनिहरुलाई बचाउँन सकेनौं,’ श्रेष्ठले थपे ।
‘उदयको श्रीमतिको भुकम्पले ढलेको घर बनाउँने ठुलो सपना थियो । उनले अर्काको भाँडा माझेको पैसा जम्मा गरेर पत्रकार महासंघले जग्गा छुट्याइ दिए सानो घर बनाउँने सपना थियो । बर्षौदेखी दुख पाएर एउटा गतीलो कोठा समेत लिएर बस्न सकेका थिएनन् । उनिहरुको यो सपना अधुरै रह्यो,’ मृतक (दुर्गा)की शासु देउमायाँ खड्काले भनिन् । 
भुकम्पले घर क्षेती भएको विवरणमा उदयको श्रीमति दुर्गाको नाम थियो । उनले ५० हजार पहिलो किस्ता रकम बुझेकी पनि थिईन् । ‘तर घर बनाउँने घडेरीनै नभएका कारण उनको घर बनाउँने सपना भुकम्प गएको २८ महिना वित्दा पनि पुरा हुन सकेको थिएन् । ‘गरिवमाथी दशा आइलाग्यो, घर बनाउँन जग्गाको पहल गरिदिने योजनामा थिए, तर दुःखद घट्ना भयो,’कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले सुनाए ।
‘यस्तो घट्ना त कसैको जिवनमाथी नघटोस । चाहेर पनि सहयोग गर्न सकिएन् । समयले पर्खिएन,’् चारै जनाको सामुहीक दाहासंस्कारका लागि माइस्थान पुगेका मेयर खत्रिले थपे ।
उता प्रहरीको गम्भीर लापरबाहीका कारण घट्ना भएको पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीले बताए । ‘प्रहरीले बनाएको आवासबाट झरेको पानीले पहिरो जाँदा यस्तो घट्ना घट्यो । हामीले चार महिना अघिनै प्रहरीलाई उक्त पानीको निकास बन्द गर्न भनेपनि प्रहरीले नमान्दा समस्या भएको हो,’ उनले भने । चार महिना अघि पनि त्यस टहरो माथीबाट बाढी आउँदा पत्रकार महासंघनै जलमग्न भएको थियो । कार्कीका अनुसार खड्का परिवारलाई एउटा घर बनाएर बस्न पुग्ने जमिन दिने भन्ने कुरा चलिनै रहेको भएपनि दुखद घट्ना घटेको कार्कीले जनाए ।
 घट्नाका बारेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख टिकाबहादुर केसीले यो प्राकृतिक कुरा भएको बताए । उनले उक्त स्थानबाट पहिले पनि भल बग्ने गरेको भएपछि यो पटक क्षेती भएको जनाए । घट्ना पछि प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले काजकिरिया खर्च बापत २५ हजार रुपैयाँ र थप राहात प्रदान गर्ने जनाएका छन् । खड्का परिवारको दाहासंस्कारका लागि राजनीतिक दल, पत्रकार, रेडक्रसकर्मी, विभिन्न संघ संस्थाका प्रतीनिधिहरु माइस्थान पुगेका थिए ।
तर, शनिवार पनि दिनभर अविरल वर्षा भएपछि लाश जलाउन पनि समस्या भएको थियो । सबैको पहलमा चारवटा चिटा निर्माण गरी आगो लगाए पनि वर्षाले आगो नसल्कीए पछि पुन जेसीवी मगाएर कमला नदी किनारामा खाल्टो खनी चारैवटा शव एकैठाउँमा राख्नु पर्दा अधिकांश मलामीको आँखाबाट आँसु रसाएको थियो । 
यसैविच परिवारको चार जना सदस्य गुमाएका उदयलाई किरिया पुत्री बस्ने घरसम्म भएन् । उनको अस्थायी टहरो सबै पहिरोले पुरेपछि उनलाई काजकिरियाका लागि बस्ने ठाउँसम्म नभएको उनका नजीकका सिताराम पहाडीले सुनाए । ‘बसेको टहरो सबै पुरीएको छ । आफन्तको घर पनि छैन् । कोठा पनि छैन् । कहाँ बसेर के गर्ने हो । धार्मीक संस्कार अनुसार जतीनै पिडा भएपनि गर्नै पयो,’ उनले भने ।
copied by annapurnapost.com





,

0 comments

Write Down Your Responses