Powered by Blogger.
मरिणमा बाढीले बगाएको अवस्था एक पुरुषको शव फेला

सिन्धुली ३, भदौ । सिन्धुलीको मरिण खोलाले बगाउँदा एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा हरीहरपुरगढी गाउँपालीका ६ क्यानखोलाका अन्दाजि २० बर्षिय झोकी विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
विश्वकर्माको शव हरीहरपुरगढी गाउँपालीका ६ स्थित मरिण नदी किनारामा फेला पारिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक सुभाषचन्द्र वोहोराले जानकारी दिनु भयो ।
गत साउन ३१ गते हरिहरपुरगढी गाउँपालीकाकै झनझने भन्ने स्थानमा मावल गएका झोकी साउन ३१ गतेबाटै वेपत्ता भएको परिवारले बताएको उहाँले बताउँनु भयो । 
वेपत्ता भएका व्यक्तिलाई खोलाले वगाएर झनझने नजिकै शवलाई पाखा लगाएको अवस्थामा स्थानीयले फेला पारेका थिए । विश्वकर्मालाई भारी वर्षासंगै मरिण नदीमा आएको बाढीले बगाएको अनुमान गरिएको छ ।
यद्यपी प्रहरीले विश्वकर्माको खोलाले वगाएर ज्यान गएको हो या हत्या भएको भन्ने वारेमा प्रहरीले आवश्यक अनुशन्धान सुरु गरेको बोहोराको भनाई छ ।  


,

0 comments

Write Down Your Responses